
पोखरा –
स्वागत सत्कारमा सहयोग गर्नु हुने प्रती क्षेत्रिय प्रशासक बरालद्वारा धन्यवाद ज्ञापन
भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई आज (शुक्रबार) पोखरामा भव्य स्वागत गरीएको छ ।
तीन दिने नेपालको राजकीय भ्रमणको क्रममा आज जनकपुरबाट पोखरा आएका मुखर्जीलाई पोखरामा विभिन्न संघ संस्था, जातजाति, आमा समुह, टोल सुधार समिति लगायतकाले बाजागाजाको साथमा भव्य स्वागत गरेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताए ।
पोखरा एयरपोट देखि मुस्ताङचोक, पार्दी, होटल ग्राण्ड हुदै पृथ्बीचोक, चाईनापुल, ईन्द्रचोक, बुद्धचोक, रामबजार क्षेत्रमा विभिन्न व्यत्तिहरुले भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई स्वागत गर्न हात हातमा नेपाल र भारतको झण्डा सहित फुलमाला लियर स्वागत गरेको बरालले बताए । भारतीय राष्ट्रपति मुखर्जी पोखरा विमानस्थमा ओर्लीनसाथ संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराप पाण्डे उत्तम, क्षेत्रिय प्रशासक खगराज बराल, पश्चिम क्षेत्र, कास्की क्षेत्रका सुरक्षा निकायका प्रमुखहरुले फुलको बुकि सहित फुल मालाले स्वागत गरेका हुन ।
भारतीय राष्ट्रपति मुखर्जी जनकपुरबाट १२ः४५ बजे हवाई मार्ग हुदै पोखरा विमानस्थलमा आउने कार्यक्रम तय भए पनि करीब डेढ घण्टा जसो ढिलो पोखरा आएका हुन । पोखरा एयरपोटबाट सिधै आधा घण्टा जसो पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा लन्च सहित आराम गरे पछि करीब दिउसो करीब ३ः४० बजे भारतीय पेन्सन क्याम्पमा पुगेर भुतपुर्व सेनाहरुलाई करीब १० मिनेट सम्वोधन गरे लगतै करीब ५ बजे काठमाण्डौं फर्किएका हुन । ३ देखी ४ घण्टा पोखरा बस्ने भनिएतापनि आउन ढिला भएपछी उनि लगभग डेढ घन्टामै फर्किएका हुन् । आज नै मुखर्जीकाठमाण्डौंबाट भारत प्रस्थान गरेका छन ।
राष्ट्रपति प्रवण मुखर्जीको स्वागतका लागि पोखरामा गठिन उपसमितिका मुल समन्वय समितिका संयोजकत्व समेत रहेका बरालले भने “ छोटो समयको बाबजुत पनि सम्पुर्ण सुरक्षा निकाय, विभिन्न जातजातिका संगठन, संचारकर्मी, पोखरा उपमहानगरपालीका, उद्योग बाणिज्य संघ, पोखरा पर्यटन परिषद, विन्यवासिनी धार्मिक क्षेत्र विकास समिति लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु, सवैको प्रयासले भारतीय राष्ट्रपति मुखर्जीको पोखरामा भव्य एवं सभ्व रुपमा स्वागत सत्कार सम्पन्न भएको छ । ” भारतीय राष्ट्रपति प्रणब मुखर्जीको स्वागत सत्कार गर्न सडक सरसफाई, सडक मर्मत, सडक छेउमा फुलमा घडा, ठाँउ ठाँउमा नेपाल र भारतको झण्डा, स्वागत गेट निमार्ण गरीएको थियो ।
शुक्रबार दिउसोको उक्त समयमा उच्च पदस्थ व्यक्तिहरुको लागि सडक मार्ग हुदै जानुपर्ने भएकोले सो क्षेत्रमा जाने सडक अबरुद्ध पारीएको थियो भने विकल्पको बाटोहरु प्रयोग गर्न आग्रह गरीएको थियो । भारतीय पेन्सन क्याम्प भित्र समेत रंगि विरगी पारीकुर्चीहरु मिलायर राखिएको थियो भने भारतीय सेनाहरु सेनाको पोलाकमा सजियर बसेका थिए । भारतीय राष्ट्रपति प्रणब मुखर्जीको स्वागतको लागि पोखराका विभिन्न ठाँउमा ९ वटा गेटहरु राखिएको थियो ।राष्ट्रपति प्रवण मुखर्जी पोखरा आउने भए पनि सुरक्षाको तीनै अंगलाई ठाँउ ठाँउमा परिचालन गरी सुरक्षा व्याबस्था कडा पारीएको थियो ।






Rashtapati Mukharjee Lai Kalo Jhanda Dekhaunu Galalat Ho Kinaki hamro des Nepal Lai Dhoka Dine Party Nakabandi Garaune Main Leader Arkai Ho Yo Kam Jun Partiko Manxele Gareko Xa 100% Galat Ho Jay Nepal