पोखरा-
अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत कास्कीको घान्द्रुकमा यही कात्तिक २०–२३ गतेसम्म चित्र कार्यशाला हुने भएको छ ।
काठमाडौँमा जारी अन्तर्राष्ट्रिय जलरङ महोत्सव अन्तर्गत आज विभिन्न देशका कलाकारले नेपाली संस्कृति तथा प्रकृतिको चित्र सिर्जना गरेका छन् । नेपालका ६५ तथा भारत, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, म्यान्मा, बङ्गलादेश, पाकिस्तान, स्पेन, अस्ट्रेलिया, इन्डोनेसिया, टर्की, फिनल्यान्ड, ग्रीस, चेक रिपब्लिक, बुल्गेरिया, बेलारुस, लगायत ३९ देशका १५६ कलाकार सहभागी छन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिएको कार्यशालामा नेपाली वेशभूषाले सजिएका विदेशी चित्रकारले चित्र कोरेर यहाँको परिवेश र संस्कृतिलाई चित्रमा उतारे ।बबरमहलस्थित नेपाल कला परिषद्मा बिहीबारदेखि सुरु भएको सो महोत्सवलाई प्रभावकारी बनाउन आयोजित कार्यशालामा सहभागी भारतका अमित कपुर, मलेसियाका जानसन चाउँ, इन्डोनेसियाका अग्नुस बुद्धियन्ता, क्यानडाका अतनुर डोगान र थाइल्यान्डका डिटेक किङनोक र नामचाई सेन्सुयरले नेपालको कला, संस्कृतिले मन जितेको बताउँदै यहाँका विभिन्न रमणीयस्थलले आफूहरुलाई आकर्षित गरेको प्रतिक्रिया दिनुभयो ।
इन्टरनेसनल वाटरकलर सोसाइटी नेपाल च्याप्टरका आयोजनामा भएको सो महोत्सव यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने छ । त्यसमा नेपालका ६५ तथा भारत, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, म्यान्मा, बङ्गलादेश, पाकिस्तान, स्पेन, अस्ट्रेलिया, इन्डोनेसिया, टर्की, फिनल्यान्ड, ग्रीस, चेक रिपब्लिक, बुल्गेरिया, बेलारुस, लगायत ३९ देशका १५६ कलाकार सहभागी छन् । रासस
फाइल फोटो
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution