लेखनाथ-पोखरा गाभ्न समर्थन

पोखरा –

राज्य पुनर्संरचना अन्तर्गत आफ्ना क्षेत्रको सीमा निर्धारणका लागि स्थानीय राजनितक दलले बनाएको प्रतिवेदनमा  निर्णय प्रक्रिया चलिरहेका बेला एकीकृत पोखरा महानगरपालिका बनाउन लेखनाथवासी सहमत भएका  छन् । लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका समेटेर वृहत पोखरा उपत्यका बनाइ स्थानीय स्रोतसाधनको अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विचार उनीहरुको छ ।

नेसनल एफएम र लेखनाथ नागरिक समूहले शुक्रबार लेखनाथमा गरेको सार्वजनिक अन्तक्र्रिया कार्यक्रमका धेरै सहभागीहरुले नगरवासीका रुपमा लेखनाथ क्षेत्रका जनताले पाउनुपर्ने सेवा सुविधासँग सम्झौता नगर्न पनि राजनितिक दलहरुलाई आग्रह गरे ।उनीहरुले महानगरपालिका भएपछि पोखरा र लेखनाथ दुवै क्षेत्रका जनताले समान अवसर र सुविधा उपभोग गर्न पाउनुपर्ने माग राखेका थिए ।

lekhnaकार्यक्रमकै बीच एकीकृत महानगरपालिकाको पक्ष वा विपक्षमा कार्यक्रमका सहभागी तथा सर्वसाधरणहरुको हस्ताक्षर समेत संकलन गरिएको थियो, जसमा एकीकृत महानगरपालिका बनाउने पक्षमा धेरै जनाले हस्ताक्षर गरेका थिए । कार्यक्रममा उपस्थित स्थानीय नेताहरुले स्थानीय तह, संख्या तथा सिमाना निर्धारण आयोगलाई बुझाउनु पर्ने प्रतिवेदनमा, लेखनाथ क्षेत्रका बासिन्दाको हितमा सबै स्थानीय राजनीतिक दलको साझा सहमति भइसकेको जानकारी दिंदै त्यो कार्यान्वयनका लागि सहयोग गर्न स्थानीयलाइ आग्रह गरेका थिए । उनीहरुका अनुसार, महानगरपालिका सहित कास्कीमा ६ वटा स्थानीय तह बनाउन सकिने गरी प्रतिवेदन पेस गरिएको छ । प्रतिवेदनमा लेखनाथ क्षेत्रमा दुईवटा गाउँपालिका बनाउन सकिने उल्लेख छ । जसअनुसार हंसपुर–सिद्ध–थुम्की–रुपाकोट–देउराली समेटेर एउटा गाउँपालिका मिजुरे–लाचोक–माझठाना लगायत कालिकाको केही भूभाग समेटेर अर्को गाउँपालिका रहनेछन् ।

गाउँपालिकाबाटै नगर क्षेत्रका सीमावर्ती पहाडी बेल्टका जनताहरुले सेवा सुविधा पाउन सक्ने हुँदा सबै जनताको सेवा सुविधालाई ध्यानमा राखी प्रतिवेदन बनाइएको राजनीतिक दलका नेताहरुले कार्यक्रममा बताएका थिए । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्न केही दिन अघि दलहरुलाई निर्देशन दिएको थियो । सोही अनुरुप बनेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको सहयोगमा कास्की जिल्लाको संरचना सम्बन्धी निर्णय प्रक्रिया चलिरहेको हो ।pokhara

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका आमन्त्रित महाप्रसाद ओझाले जनप्रतिनिधिका प्रतिवेदनउपर स्थानीयवासीका आवाज संबोधन हुने गरी निर्णय हुने आशा व्यक्त गरे । कांग्रेस लेखनाथ नगर कमिटीका अध्यक्ष राजेन्द्रमणि लामिछाने, नेकपा एमाले  लेखनाथ नगर कमिटीका अध्यक्ष शंकर पौडेल , नेकपा माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष शिवजी लामिछाने, राप्रपा नेपालका नगर कमिटी अध्यक्ष हरि जिसी, नयाँसक्ति नेपाल नगर कमिटी अध्यक्ष नन्द पुनले , नेकपा एमाले जिल्ला निर्वाचन मण्डलका सदस्य टीकाराम पंगेनी लगाएतका राजनीतिक दलका प्रतिनिधि हरुले  आर्थिक सम्बृद्धिका हिसाबले तथा  लेखनाथ क्षेत्रका प्राकृतिक सम्पदाको विश्वव्यापि प्रबर्द्धन गर्न पनि लेखनाथ र पोखरा मिलाएर बृहत सहर निर्माण गर्नु पर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रका प्राकृतिक सम्पदा तथा पर्यटकीय धरोहरको प्रवद्र्धन र संवद्र्धन गरी उचित आर्थिक र सामाजिक नतिजा पाउन पनि नेपालका सहरहरुलाई वृहत रुपमा विकास गर्न आवश्यक भएको बताए । कार्यक्रममा लेखनाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राममणि अधिकारी, लेखनाथ नागरिक समूहका अध्यक्ष मिलन तिवारी लगायत अन्य सरोकारवाला, बुद्धिजीवी, पत्रकार, नागरिक समाज तथा सर्वसाधरणको बाक्लो  उपस्थिति रहेको थियो । नेसनल एफएमका अध्यक्ष शैलेन्द्रमोहन भट्टराइको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन पत्रकार   सन्दीप पौडेलले गरेका थिए  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button