पोखरा –
लायन्स क्लब अफ पोखरा अन्नपुर्णले तनहुकोे श्याम्घा –४ शिशाघाटमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा सात सय जनाको स्वास्थय परिक्षण गरिएको छ ।
तनुहँको ग्लोबल शिशाघाट स्पोर्टस् क्लब र महेन्द्र ज्योति उच्च माविको स्थानीय ब्यबस्थापन र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि पोखराको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
कास्की, तनहु र लमजुङको सीमा क्षेत्रमा पर्ने तनहुको श्याम्घा –४ शिशाघाटमा संचालन गरिएको निशुल्क श्वास्थ्य शिविरवाट सो क्षेत्रका ७ सय जनासर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् ।
गाँउमा स्वास्थ्य शिविर संचालन हुँदा ठूलै अस्पताल संचालनमा आएजस्तै गरि त्यहाका जनताले दिनभरी लाईन लगाएर आफ्नो स्वास्थ्य जाँज गराएका हुन् । तनहुँको शिशाघाटमा जन्मीएर पोखरालाई कर्मथलो वनाउदै आएका अर्जुन नागिला र अमर नागिलालाले शिविरको चाँजो पाजो मिलाएका हुन् ।
शिविरमा वरिष्ठ जनरल सर्जन डा प्रदिप घिमिरे, हाड, जोर्नी नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा भोला श्रेष्ठ, मृगौला रोग विशेषज्ञडा अभिषेक मास्के, स्त्री तथा प्रसुती रोग विशेषज्ञ आशिका श्रेष्ठ, वालरोग विशेषज्ञ चिरायु नारायण भारी, दन्त रोग विशेषज्ञ दुर्गा काफ्ले, वायो केमिष्ट डा अमर नागिलाले विशेषज्ञ सेवा प्रदान गरेका थिए । यस सँगै मेडिकल अफिसर राजन वस्नेत, प्रतिभा रञ्जित, र लिसा पुनले पनी शिवरमा सहयोग गरेका थिए ।





