पोखरा लाई प्लाष्टिक निषेध नगर घोषणा गरिने

  • पोखरा न्यूज
  • २०७३ कार्तिक २२
पोखरा लाई प्लाष्टिक निषेध नगर घोषणा गरिने

पोखरा-
पोखरा उपमहानगर पालिकालाई पलासटिकको झोला र गिलास मुक्त क्षेत्र घोषणा गरिने पक्का भएको छ ।
आगामी २४ गते पोखरा सभागृहमा एक कार्यक्रमको आयोजना गरि पोखरालाई प्लाष्टिक निषेध नगर घोषणा गरिने भएको हो ।

आज वसेको प्लाष्टिक झोला तथा प्लाष्टिक गिलास निधेष नगर घोषणा पूर्व तयारी वैठकले उक्त निर्णय गरेको नागरिक समाज पोखराका संयोजक रामवहादुर पौडेलले जानकारी दिए ।

पोखराका विभिन्न संघसंस्था, नागरिक समाज, सिद्धार्थ क्लव , २९ वटै वडा सँगै विभिन्न टोलविकास संस्थाले प्लाष्टिक निषेध नगर घोषणा अभियानमा पूर्ण सहयोग गर्ने पतिवद्धता जनाएका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस