पोखरेली ब्याण्ड कन्दरा ४० दिने सांगीतिक यात्रामा अष्ट्रेलिया जाने

पोखरा-
नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने सांगीतिक यात्राको लागी भोली ( मंगलबार ) अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ ।

ब्याण्ड एनआरएनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ ( एनएसडब्लु ) को आयोजनामा कन्दरा अष्ट्रेलिया प्रस्थान गर्ने भएको हो । सिड्नी, मेलबर्न, ब्रिजबेन लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा कन्दराले आफ्नो लाइभ कन्र्सट प्रस्तुत गर्न लागेको ब्याण्डका भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिए । आफ्नो बिशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गितहरु हङ्गकङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडि गोठैमाको गितहरु प्रस्तुत गरिने श्रेष्ठले जानकारी दिए ।

अष्ट्रेलियाबाट फर्किएपछि सगींतमा ब्याप्त समस्याहरुको समाधानको लागी जनचेतनामुलक कार्यक्रमहरु गरिने ब्याण्डका ड्रमर सुनिल थापाले बताए । अष्ट्रेलियाबाट पुस ५ गते फर्कने ब्याण्डका गितारिष्ट अमित गुरुङ्गले बताए । सांगेतिक यात्रा लागि ब्याण्डका बुद्ध बर्जाचार्य किबोड, अमित गुरुङ्ग गितार, अशिम शेरचन गितार, अनिल गुरुङ्ग बेस गितार, अभिनास गायक मादल, सुनिल थापा ड्रमर र गायक बिबेक श्रेष्ठ जाने भएका हुन।

कन्दरा ब्याण्डले पछिल्लो समयमा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखराको आयोजनामा १८ बर्षपछि पोखरा सभागृहको प्रस्तुती भव्य र सव्य रुपमा सम्पन्न गरेको थियो ।

फोटो – wikimedia

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button