स्याङ्जामा पाँच महिना अघिदेखि बेपत्ता सहायक निरीक्षकको अस्थिपञ्जर फेला

पोखरा –

झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ ।

दाङ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी वीरबहादुर पुलामीले बताउनुभयो ।

गत असार ११ गते रातिदेखि सम्पर्कविहीन रहेका ओलीको अस्थिपञ्जर घाँस काट्न पाखामा जाँदा मानिसको टाउकोजस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अस्थिपञ्जरसँगै रहेको नागरिकता, कपडा, टर्चलाइट, नम्बरसहितको मोबाइलबाट ओलीको अस्थिपञ्जरको सनाखत गरेको हो । रासस

Photo- Drawing Picture

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button