पोखरा-
रोजगारीका सिलसिलामा तीन वर्ष मलेसिया पुगे पनि सोचेजस्तो कमाइ नभएपछि विदेशबाट फर्केर वहाकीठाँटी–६ लिङ्सिङका ३६ वर्षीय ऋखिराम भुसाल तरकारी खेतीमा व्यस्त हुनुहुन्छ ।
वि सं २०६० साल देखि तत्कालीन नेकपा माओवादीको राजनीतिमा सक्रिय बन्नुभएका उहाँले गाउँ कमिटीदेखि राज्य समिति सदस्यसम्मको पदमा रहेर काम गर्नुभयो । घरखर्च चलाउन समस्या भएपछि उहाँ तरकारी खेतीमा सक्रिय बन्नुभएको हो । उहाँले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
सात रोपनी जग्गामा टनेलभित्र गोलभेँडा, काउली, बन्दागोभी, रायो, मुला, काँक्रो, लौका, खुर्सानी, करेला, आलुलगायत तरकारी सँगै च्याउखेती गर्दैआउनुभएको छ । “वार्षिक रु आठ लाख आम्दानी हुन्छ,” उहाँले भन्नुभयो– “अहिलेसम्म रु २० लाख लगानी गरिसके ।” व्यवसाय छाडेर राजनीतिमा नफर्कने उहाँ बताउनुुहुन्छ । रासस
फोटो-SADP ,Nepal





