तनहुँमा बाह्र स्थानीय तह सिफारिस

  • पोखरा न्यूज
  • २०७३ कार्तिक २५
Post Thumbnail

 

पोखरा –

तनहुँबाट १२ वटा स्थानीय निकायका सिफारिस गरिएको छ ।

जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र आठ गाउँपालिका सिफारिस गरिएको हो । व्यास, शुक्लागण्डकी, भानु र भीमादलाई नगरपालिका तथा बन्दीपुर, आँबुखैरेनी, ढोरबाराही, मरस्र्याङदी, रिसिङ, देवघाट, घिरिङ र म्याग्देलाई गाउँपालिकाका रुपमा सिफारिस गरिएको जिल्ला प्राविधिक समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

हाल भइरहेको बन्दीपुर र आँबुखैरेनी नगरपालिकालाई गाउँपालिका तथा मरस्र्याङ्दी र ढोरबाराहीलाई नयाँ गाउँपालिकाको रुपमा सिफारिस गरिएको हो । काँग्रेस, एमाले र माओवादी भने उक्त सिफारिसप्रति सन्तृष्ट हुन नसकेको बताइएको छ । आयोगले तनहुँमा न्यूनतम नौदेखि बढीमा १२ वटा स्थानीय तह गठनका लागि प्रतिवेदन पेस गर्न सिफारिस गरेको थियो । स्थानीय विकास अधिकारी तिवारीले जिल्लामा क्रियाशील १८ वटै दलको सुझावका आधारमा उक्त स्थानीय तह सिफारिस गरिएको बताउनुभयो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस