
पोखरा-
पोखरा उपमहानगर पालिका वडा नं. १० मा आफ्नो कार्यालय स्थापना गरी ६ वर्ष अघि स्थापना भएको बुल्समेन क्लब पोखरा द्धारा विशेष गरी खेल क्षेत्रमा आफ्नो स्थान बनाउदै लगेको छ । तथापी यसले सामाजिक क्षेत्रमा पनि आफ्नो महत्वपूर्ण योगदान दिदैँ आएको छ ।
सोही कार्यक्रम अनुसार क्लवले कास्कीको कालिका – ९, काउरे स्थित श्री चण्डीका आधारभूत विद्यालयमा दुई थान कम्प्युटर तथा फलफूल वितरण गरेको छ । पोखराको सिमाना नजिकै रहेको उक्त विद्यालयमा करिब ४५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । दलित विद्यार्थी को बाहुल्य रहेको उक्त विद्यालयमा जनजाति तथा अन्य जाति पनि अध्ययन गरिरहेका छन् । कुल ६ जना शिक्षक रहेको विद्यालयमा दरबन्दीमा ३ जना बाल विकासमा १ जना तथा निजी श्रोतमा २ जना रहेको जानकारी विद्यालयका प्र.अ. ले दिनुभयो ।
कार्यक्रममा अध्यक्ष नुना गुरुङले बुल्समेन क्लब विशेष गरी विभिन्न क्षेत्रमा छरिएर रहेका युवा लाई संगठित गरी उनीहरुलाई लागुपदार्थको दुव्र्यसनी तथा विभिन्न अपराधिक क्रियाकलाप बाट टाढा राखी शारिरीक सुगंठन को माध्यम बाट युवाहरुलाई गोल बन्द गरी अगाडी बढीरहेको जानकारी दिनुका साथै खेल क्षेत्रमा मात्र नभई युवाहरुलाई रोजगारी को पनि अवसर प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले विशेष गरी समाजसेवा मा पनि बुल्समेन अग्रसर भई भर्खर मात्रै सम्पन्न गरिएको दोश्रो बुल्समेन शारिरीक सुंगठन प्रतियोगिता आयोजना गरी त्यस प्रतियोगिताबाट बचेको केही रकमले विद्यालयलाई कम्प्युटर सहयोग गरेको बताउनुभयो । उक्त अवसरमा क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङ, राजु गुरुङ, शम्शेर गुरुङ, वरिष्ठ सल्लाहकार चन्द्र गुरुङ तथा सचिव सूर्यबहादुर बानिया लगायतले क्लबको गतिविधि बारे प्रकाश पारेका थिए । विद्यालयका प्र.अ. जमानबहादुर गुरुङ ले बुल्समेन क्लब को सहयोग अति नै अतुलनिय भएको र यसले गाउमा पढ्ने बालबालिकालाई पनि सुचना प्रविधि संग जोडिएको कम्प्युटर शिक्षा लाई अगाडी बढाउन सहयोग पुगेको बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्त्वय विद्यालयका शिक्षक रवि गौतम तथा विद्यालयका शिक्षीका रुपा गुरुङले सञ्चालन गरेकी थिइन भने साना विद्यार्थी भाई बहिनीहरुले फुलमालाले बुल्समेन क्लब पोखराका सम्पूर्ण पदाधिकारी लाई स्वागत गरेका थिए ।





