पोखरा-
माउण्ट कैलाश रिसोर्ट, पोखराका संचालक तथा युवा पर्यटन व्यवसायी नरेश भट्टराइ पोखरामा सम्मानित भएका छन ।
फ्रान्सको राजधानि पेसिरमा हालै बिजनेस ईनिसियटिभ डिरेक्सन (बीआइडी) ले वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड प्राप्त गरेको माउण्ट कैलाश रिसोर्टका संचालक भट्टराईलाई युवा संघ नेपाल कास्की ६ बैदामले विहिबार एक समारोहका विच सम्मान गरेको हो । विश्वमा पोखरा सहित नेपालको नाम राख्ने गरी प्राप्त उक्त अवार्डले पर्यटन क्षेत्रमा समेत सकरात्मक प्रभाव पारेको भन्दै युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले सम्मान गरेका हुन । भट्टराईलाई सम्मानपत्रको साथमा दोसल्ला तथा ढाका टोपि लगायर सम्मान गरीएको युवा संघ नेपाल, पोखरा ६ बैदामका अध्यक्ष निर्मल पहारीले बताए ।
सम्मानित व्यक्ति भट्टराईले पेरीसमा उक्त अवार्ड आफुनो रिसोर्टले पाए पनि सिंगो पोखरा सहित नेपाललेनै अवार्ड पाएको बताउदै यसले गर्दा यस क्षेत्रको विश्व सामु राम्रो प्रचार भएको बताए । भोलिका दिनमा पनि आफ्नो क्षेत्रमा हरेकले गुणस्तरीय सेवा दिएको खण्डमा पुनः अर्को होटल तथा रिसोर्टलाई सम्मान हुने उनले बताए । बिश्वभरी रहेका विभिन्न निजी कम्पनीले दिने सेवा सुबिधाको मुल्यांकन गरेर हरेक बर्ष बिजनेस ईनिसियटिभ डिरेक्सन (बीआइडी) ले वर्ल्ड क्वालिटी कमिटमेन्ट अवार्ड गर्दै आएको छ । माउन्ट कैलाश रिसोर्ट पोखरा यो अवार्ड पाउने नेपालको पहिलो रिसोर्ट हो। युवा संघ नेपालका अध्यक्ष पहारीले युवा संघ नेपाल कास्की ६ बैदामको अधिवेसनको उद्घाटन गर्दै प्रदेश नम्बर ४ एसियाकै पर्यटकीय गन्तव्य हुने दाबी गरे । अव युवाहरुले आर्थिक र समृद्धिको लागि अघि बढ्न उनले आग्रह गरे । उनले भने “ अमेरीकाको राष्ट्रपतिको चुनावले विश्वलाई के पाठ सिकाएको छ भने अब कुनै राजनीतिक नेताले राजनीतिमा यति योगदान पुराएको भन्नु भन्दा योग्यता र क्षमतालाई जनताले चुन्नेछन ।”
युवा संघ नेपाल, पोखरा ६ बैदामका अध्यक्ष निर्मल पहारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा एमाले नेता वासुदेव बराल, युवा संघ कास्कीका अध्यक्ष विष्णु पुन, उपाध्यक्ष महेन्द्र गुरुङ, सदस्य दिपेन्द्र पहारी लगायतका वोलेका थिए ।





