पोखराको सेती नदीमा मंसिर १३ देखि १५ सम्म कायाकिङ प्रतियोगीता हुने

  • पोखरा न्यूज
  • २०७३ कार्तिक २५
पोखराको सेती नदीमा मंसिर १३ देखि १५ सम्म कायाकिङ प्रतियोगीता हुने

पोखरा-
नदीमा खेलिने साहसिक खेल कायाकिङको पोखरामा पहिलो पटक प्रतियोगिता हुने भएको छ । नेपाल एशोसियसन अफ कायाफ्टिङ एजेन्सिज (नारा) पश्चिमाञ्चल क्षेत्रको आयोजनामा पोखरा देखि नजिक रहेको अपर सेतीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज नामक कायाकिङ प्रतियोगिता हुने भएको हो । आगामी नोभेम्बर २८ देखि ३० अर्थात मंसिर १३ देखि १५ सम्म अपर सेतीमा सो प्रतियोगिता हुने भएको हो ।

kayaking

कास्कीको मर्दीदोभान बाट याम्दी सेती बांध सम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको नदीमा उक्त प्रतियोगितामा बिदेशी र नेपाली खेलाडीहरु गरी १ सय ५० जनाले सहभागीता जनाउने नेपाल एशोसियसन अफ कायाफ्टिङ एजेन्सिज (नारा) पश्चिम क्षेत्रका अध्यक्ष निम मगरले जानकारी दिए । कायाकिङ प्रतियोगिता ३ बिद्यामा हुने भएको छ । डाउन रिभर रेस एक किलोमिटर,स्ट्रीम सलालम र बोर्डर क्रस हेड टु हेड गरी प्रत्येक दीन एक÷एक बिधामा विहान ९ देखि ४ बजे सम्म प्रतियोगिता हुने छ ।
प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्धितिय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागी १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । पर्यटकीय शहर पोखरा देखि नजिकै रहेको उपल्लो सेतीमा पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिता नेपालमा पन्धौ पटक हो । यस अघि नेपालको भोटेकोशी, त्रिसुली, मस्र्याङदी लगायतका नदीमा यो प्रतियोगिता हुदै आएको छ ।
प्रतियोगितालाई सफल पार्न नेपाल पर्यटन वोर्ड घुमफिर वर्ष २०१६ प्रवद्र्धक र नेपाल क्यानोनिङ संघ, अन्तराष्ट्रिय स्तरबाट इङल्याण्डको पिकयुके, स्मीथ सन ग्लास अमेरिका, थण्डर ड्रागन अमेरिका, इङग्लायण्डको लिभेद एडभेन्चर, कोकाटाक अमेरिका र अस्ट्रल अमेरिकाले सहयोग गर्ने भएको छ । यो प्रतियोगिताले पोखरामा शाहसिक खेल कायाकिङ र कायाफ्टिङ पर्यटनको प्रवद्र्धन पोखराको सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पुयाउने लक्ष्य लिइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस