पोखरा महोत्सव पुष २९ देखि माघ १० सम्म हुने

पोखरा-

पोखरामा आगामी पुस २९ देखि माघ १० सम्म  सातौ संस्करणको पोखरा महोत्सव हुने भएको छ । पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवलाई भब्य बनाउनका लागी आयोजक युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङको मुल आयोजक समितीमा विभिन्न ३५ वटा उपसमितीहरु गठन गरिएको छ ।

बिहीबार  सम्पन्न बैठकले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी विभिन्न उपसमितीहरु गठन गरेको  हो । गठित उपसमितीहरुमा कार्यसम्पादन उपसमितीमा हिमालय बख्रेल, सचिवालय उपसमितीमा लालकाजी गुरुङ, सुरक्षा उपसमितीमा लोक बहादुर थापा, प्रचार प्रसार उपसमितीमा राजु श्रेष्ठ, अर्थ तथा टिकटमा गणेश तिमिल्सिना, ब्यानरमा शान्त बहादुर थापा, स्टलमा कृष्ण बहादुर थापा मगर, अतिथी सत्कारमा साबित्री थापा, बाल उद्यानमा भिम बहादुर गुरुङ, कलाकार ब्यवस्थापनमा दिनेश सुनार, खाना खाजामा निर्मला लामिछाने, मञ्च सजावटमा अनिल गुरुङ रहेका छन ।

त्यसैगरी मुलद्धार ब्यवस्थापनमा सूर्य बहादुर बानिया, महिला समुह परिचालनमा पूर्णकला पोख्रेल, विद्युतिय सुरक्षामा रावत लामा, संघ सस्था तथा ¥यालीमा सम्मर बहादुर श्रेष्ठ, अतिथी ब्यवस्थापनमा राजेन्द्र बहादुर थापा, मुल्यांकनमा क्या. फत्ते बहादुर गुरुङ, अनुगमनमा प्रेम छिरी शेर्पा, हस्तकलामा सविता श्रैष्ठ रञ्जित, प्रकाशन तथा मुद्रणमा लिलाधर अधिकारी, पार्किङमा सन्तोष कार्की, स्मारक निर्माणमा सिद्धि कुमार श्रेष्ठ, स्वयं सेवक परिचालनमा शिव थापा, पर्यटनमा भुवन ढकाल, विद्युत ब्यवस्थापनमा हरि श्रेष्ठ, प्राथमिक उपचारमा जयराम आचार्य, बीमा ब्यवस्थापनमा राम बहादुर थापा, प्रायोजक ब्यवस्थापनमा राजेन्द्र तिवारी,विद्यालय समन्वयमा ओम प्रसाद सुवेदी, खानेपानीमा जस बहादुर गुरुङ, यातायातमा रमेश बहादुर कार्की, सरसफाइमा बिजयमान गुरुङ, महिला समन्वयमा सीमा गुरु र फोटो तथा भिडियो ग्राफीमा महेत्द्र भुर्तेललाई चयन गरिएको छ । त्यसैगरी सल्लाहकारहरुमा शुसिलराज पराजुली, विश्व प्रकाश लामिछाने, सेती थापा, तीर्थलाल श्रेष्ठ, शिव वहादुर वराल, भरत केसी, दान बहादुर गुरु, कमल थापा, निलकण्ठ पोख्रेल (निश्चल) र कार्यालय सचिवमा नविन श्रेष्ठलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button