हङकङ बजारको आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

पोखरा-

पोखराको पृथ्वीचोकमा रहेको हङकङ बजारमा भएको आगलागीबाट पीडितहरुलाई तत्काल राहतको लागि पहल गर्न कास्कीमा रहेका राजनीतिक दलहरु सहमत भएका छन् ।

fire-5
पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा शुक्रबार भएको सामूहिक छलफलपछि राजनीतिक दलहरु राहतको लागि पहल गर्न तयार भएका हुन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको बैठकले आगलागी पीडितहरुलाई राहत जुटाउन केन्द्र सरकार, स्थानीय निकाय तथा सम्बन्धित अन्य सरकारी तथा गैर सरकारी निकायसँग पहल गर्ने निर्णय भएको हो । अध्यक्ष पालिखेका अनुसार बैठकले आगलागीबाट पीडित बनेकाहरुलाई धैर्य धारण गर्न आग्रह समेत गरेको छ । यसैगरी पीडितहरुलाई पुन ः व्यवसाय गर्ने वातावरण निर्माण, बैंक तथा वित्तिय संस्थाहरुबाट सहज ऋणको व्यवस्था तथा लिइएको ऋणमा छुटको लागि पहल गर्ने समेत निर्णय भएको छ । बैठकमा आगलागी पीडितहरुको समेत उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, एमाले कास्की अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, नया शक्ति नेपालका हेमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जेवि कुँवर, नेकपा ९ माओवादी० का नेता सावित्री दुरा र नन्दप्रसाद तिवारी, संघीय समाजवादी फोरमका कास्की अध्यक्ष दीपक तामाङ, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष संजिवबहादुर कोइराला, पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार सुनार लगायतले पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यही कार्तिक २४ गते भएको आगलागीबाट हङकङ बजारमा रहेको ३९० वटा सटरहरुमा पूर्ण क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button