युनेक डान्सिङ आइडलको पहिलो चरण वाट ४० प्रतियोगी छनोट

  • पोखरा न्यूज
  • २०७३ कार्तिक २७
Post Thumbnail

पोखरा –

घाचोक महोत्सवको मुख्य आकर्षण ‘फस्ट युनेक डान्सिङ आइडल’को लागि पहिलो चरणको छनोट शनिबार सम्पन्न भएको छ ।

कास्की जिल्लाका ६ वटा ठाउँबाट गरि जम्मा ४० जना प्रतियोगी छनोट गरिएको आयोजक परिवर्तनका लागि युवा सञ्जाल नेपाल घाचोक कास्की अध्यक्ष मौसम कार्कीले बताए ।  बगर टुडिखेलमा रहेको राष्ट्रिय उच्च माविमा शनिबार भएको छनोटबाट १४ जना प्रतियोगी दोस्रो चरणमा प्रवेश गरेको परिवर्तनका लागि युवा सञ्जाल नेपाल घाचोक कास्कीका उपाध्यक्ष विजय लम्सालले बताए । छनोटका लागि निर्याणयकमा मनकुमार श्रेष्ठ र जयकुमार परियार रहेका थिए ।

कार्यक्रमका सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कास्कीका अध्यक्ष होमबहादुर नेपालीले यस्तो कार्यक्रमले लुकेर बसेका प्रतिभालाई उजागर गर्ने बताए ।  घाचोक महोत्सवका संयोजक विष्णुबहादुर कार्कीले दोस्रो चरणको तयारी पुरा भएपछि मिती तोकिने जानकारी दिए । उनले ‘घाचोक जाउँ दुध र बदामका परिकारमा रमाउँ’ भन्ने मुल नाराका साथ मसिर १७ गतेदेखी २१ गतेसम्म हुन लागेको दोस्रो घाचोक महोत्सवमा सबैलाई सहभागी हुन अनुरोध समेत गरे ।

यस अघि फस्ट युनेक डान्सिङ आइडलको लागि महेन्द्र उमावि लाहाचोकबाट ७ जना, विष्णुपादुका उमावि हेम्जाबाट ५ जना, इन्द्रराज्य उमावि लामाचौरबाट ६ जना, आदर्श क्लब लेखनाथबाट ४ जना र आदर्श कला केन्द्र चिप्लेढुगाबाट ८ जना छनोट भएका थिए । दोस्रो चरणको छनोट भने पोखरा उद्योग बाणिज्य संघको हलमा हुने फस्ट युनेक डान्सिङ आइडलकी संयोजक नर्बदा कुवरले बताइन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजारसहित मिजिक भिडियोमा खेल्ने अवसर पाउने छन् । उक्त महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस