काठमाडौं-
नेपालकी तरकारीवाली कुसुम श्रेष्ठ रातारात चर्चित भइरहेका बेला चीनकी अर्की युवती अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् ।
खुर्सानी बेच्ने गरेकी युवती चाहिँ चीनकी हुन् । चीनमा केही दिनयता खोर्सानी बेच्ने एक युवती चर्चाको शिखरमा छिन् ।
सामाजिक सञ्जालमा उनको फोटो रातारात भाइरल भइरहेको छ । यी युवतीको सुन्दरताको प्रशंसा गर्दै मानिसहरु उनको तस्बिरलाई शेयर गरिरहेका छन् ।
चीनको एक गाउँकी यी युवती मोडलहरुलाई चुनौती दिने सुन्दरताकी धनी छन् । यी युवती चीनको कुन गाउँकी हुन् भन्ने पत्ता लागिसकेको छैन । तीन सातायता नेपालकी टमाटर बेच्ने कुसुम सामाजिक सञ्जालमा हिट भएकी थिइन् ।
त्यसअघि पाकिस्तानमा चिया बेच्ने युवाको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनी अहिले मोडल नै भइसकेका छन् ।
पाकिस्तानी चियावाला अरशद खान सामाजिक सञ्जालमा छाएपछि अब उनलाई युवतीहरुले सुपर मोडलको उपमा दिइरहेका छन् ।
फेसन एजेन्सीहरुले उनलाई मोडलिङमा लगाउन पनि थालिसकेका छन् । सामाजिक सञ्जालमा भाइरल भएपछि अरशद अहिले कयौं टीभी कार्यक्रम र मिडियालाई अन्तरवार्ता दिन व्यस्त छन् ।
नेपालको गोरखाकी कुसुमलाई पनि निर्माणाधीन फिल्म ‘लम्फु’ मा खेल्न प्रस्ताव गरिएको थियो । तर उनले इन्कार गरेकी छन् ।
उनले केही सञ्चारमाध्यमका लागि फोटोसुट गराएर मोडलिङतर्फ लागेको संकेत गरिसकेकी छन् । कुसुमले केही टेलिभिजन र अन्य सञ्चारमाध्यममा अन्तरवार्ता दिन भ्याइसकेकी छन् ।
स्रोत – कारोबार दैनिक (अनलाइन )
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution