पोखरेली युवा वन्द बिरुद्ध सडकमा उत्रिए – १२ जना वन्दा कर्ता पक्राउ

पोखरा-
“अरु देश वन्दै छ, हाम्रो देश वन्द छ, वन्द सदाको लागि वन्द गर, गरी खाने वातावरण सृजना गर ।” यस्तै यस्तै नारा घन्काउदै नेपाल वन्द बिरुद्ध आईतबार पोखरेली युवाहरु सडकमा उत्रिएका छन ।

pokhreli-young-generationनेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले आज (आईतबार) आयोजना गरेको नेपाल बन्दको बिरुद्ध पोखराका युवाहरुले नारा जुलुस सहित पोखरामा मोटरसाईकल ¥याली निकाल्दै वन्द हड्ताल नगर्न वन्द कर्तालाई आग्रह गरेका हुन । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले आज (आईतबार) आयोजना गरेको नेपाल बन्दको बिरुद्ध पोखराका युवाहरुले मोटरसाईकल ¥याली निकाल्दै सव्ै जनाले आ–आफ्नो पेशा व्यावसाय संचालन गर्न आव्हान समेत गरे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

pokhreli-yuba

युवा संजाल नेपाल, मेन्स ग्रुम रिलोडेड, एल.जी.एशोसियसन, विवेकशिल नेपाल दल सहितका युवाहरु रहेको संस्थाका पदाधिकारीहरुले पोखरामा वन्द विरुद्ध मोटरसाईकल ¥याली निकालिएको युवा सञ्जाल नेपालका सचिव सचिन गिरीले बताए । उनले भने “ वन्द बिरुद्ध हामी अव सडकमा उत्रि सकेका छौं, सुरुमा वन्द बिरुद्ध सडकमा निस्कदा केहि युवा मात्र थिए भने हाल ५ वटा भन्दा बढी संस्थाका युवाहरु सडकमा होर्लीसकेका छन । ” कसैले वन्द गर्छन भने अब वन्द बिरुद्ध केहि युवाहरु पनि सडकमा उत्रिदैछन भन्ने कुरा वन्द कर्ताले बुझ्नको लागि उनले चेतावनी दिए । पोखराको चिप्लेढुंगाबाट निस्केको मोटरसाईकल ¥याली, महेन्द्रपुल, नयाँबजार हुदै पृथ्बीचोकमा पुगेर कोणमा परिणत भएको थियो । कोणसभा वोल्दै सचिव गिरीले अव वन्द बिरुद्ध सम्पुर्ण पोखरेलीहरु सडकमा उत्रिनु पर्ने बताए । विवेकशिल नेपाल दलका गुरु बरालले अब देशको आर्थिक विकास र समृद्धिको बाटोमा लाग्नु पर्ने समयमा देशलाई बर्वादी पार्ने बिरुद्ध सवै सडकमा उर्तियर वन्दलाई सधै विफल पार्न आग्रह गरे ।

no-strike

महंगी तथा भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग राखेर नेकपा माओबादीले आज नेपाल बन्दको आयोजना गरेको हो । वन्दको क्रममा पोखराका अधिकाशं पसलहरुवन्द रहेका छन भने मोटरसाईकल र स्कुटल केहि मात्रमा चलेका छन । नेपाल तरुण दलको अधिवेसन पोखरामा जारी रहेकोले तरुण दलका केहि गाडीहरु तथा मोटरसाइृकलमा झण्डा राखेर चलाएका छन । वन्दको क्रममा प्रहरीले वन्दकर्ता १२ जनालाई नियन्त्रणमा लिएको छ । माओबादी जिल्ला सचिवालय सदस्य गोकुल पराजुली सहितका १२ जना नेता कर्ताकर्तालाई प्रहरीले पोखराका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको नेकपा माओबादी गण्डक व्युरो ईन्चार्ज सावित्री दुराले बताईन । रमेश श्रेष्ठ, प्राप्ती विक, अमृत सापकोटा, सुरज तमु, लोकेन्द्र राई, सुमन सुनार, केशव परियार, विक्की विक, सोम बहादुर विक, कुमार गुरुङ र सुक बहादुर तामाङलाइ प्रहरीले नियन्त्रणमा लिएको दुराले बताईन । उनीहरुलाई अविलम्व नछाडे थप आन्दोलन गर्ने उनले चेतावनी दिएकी छन । यसै क्रममा आज पोखरा देखि काठमाण्डौंको लागि पर्यटक वस १५ र पोखरा देखि चितवनको लागि ३ गरी १८ वटा पर्यटक वसहरु स्कटीङ गरी कास्कीबाट पठाईएको प्रहरीले जनाएको छ ।

फोटो-तष्विर डि.एन.बी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button