एक बर्षदेखि वेपत्ता पोखरा अल्ट्रालाइटको विमान दुर्घटनाग्रस्त स्थितीमा भेटियो

पोखरा –
विगत १३ महिना देखि वेपत्ता पोखरा अल्ट्रालाइट विमान भेटिएको छ ।

ultralightपोखरा देखि उत्तर तर्फ कास्कीको  माछापुच्छ्रे गाविसमा ११ हजार ९ सय ५१ फिटको उचाइमा दुर्घटना ग्रस्त स्थितीमा उक्त विमान फेला परेको हो । दुई जना चालक सहित पोखरा विमान स्थल वाट पोखरा दृष्यवलोकनका लागि उडेको विमानमा रसियन पाइलट भेलारी भुटिन सहित साउथ अफ्रिकन महिला पर्यटक एलिजाबेद रहेकी थिइन । लामो समय देखि आर्मीको हेलिकप्टर बाट १३ घण्टा , निजि हेलिकप्टर बाट ६ घण्टा तथा अल्ट्रालाइट बाट १४ घण्टा खोजि गर्दा समेत हराएको अल्ट्रालाइटको पत्ता लाग्न सकेको थिएन ।

खोजीको क्रममा रहेको उक्त विमान नदीको वगर जस्तो ठाउँमा अगाडीको चक्का, फुटेको विमानको भाग, फुटेको क्यामेरा, हाड खोर समेत फेला परेको पोखरा नागरिक उड्ययन कार्यालयका निर्देशक भोला प्रसाद गुरागाइले पोखरान्युजडटकम लाइ वताएका छन । शनिवार इएर डाइनेष्टीको हेलीकप्टर बाट सो स्थानमा खिचिएको भिडियोमा बिमानको टुक्रा देखिएको आशंका लागेपछी आज खोजि गर्दा दुर्घटना ग्रस्त अवस्थामा भेटीएको पोखरा अल्ट्रालाइट का संचालक मध्येका एक पोम नारायण श्रेष्ठले पोखरान्युजडटकम लाइ बताए। घटनाको मुचुल्का तयार गरि विमानका पार्ट पुर्जा र हाड खोर पोखरा विमानस्थलमा ल्याइएको छ ।

यसघि १३ महिना हुनुपर्नेमा १५ महिना भएकोमा भुल सुधार गरिएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button