पोखराको रत्नचोकमा १ करोड लागतमा कन्साई पेन्टसको डिलर सीजी अपुर्वा

पोखरा –
हेल्दी होम पेन्टर्सको रुपमा बजारमा आफ्नो छुट्टै नाम स्थापित गरेको पेन्टस्ले पोखराका आम उपभोक्ताहरुलाई सेवा दिने गरी कन्साईको डिलर सीजी अपुर्वा संचालनमा ल्याएको छ ।

cg-apurva-pokhara-showroom-openingउक्त सोरुमको सोमबार एक समारोहका विच कन्साई पेन्ट्स नेपाल प्रालिका निर्देशक तथा नेपाल सालिमार ग्रुपका अध्यक्ष समेत रहेका असोक बैद्यले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले भने “नेपालमा यो प्रविधिको रंग पछिल्लो क्रममा धेरैले मन पराएका छन, यसको बजार विस्तारको क्रममा हामी छौं। घर तथा कुनै भवन एवं ट्वाईलेट वाथरुम वनाए पछि त्यहाको रंग रोगन र सजिसजावटका लागि सीजी अपुर्वालाई एक पटक प्रयोग गर्न उनले आग्रह गरे।

कन्साई पेन्ट्स नेपाल प्रालिले आफ्नो बजार विस्तारको क्रममा काठमाण्डौं, विरगन्ज हुदै पोखरामा अत्याधुनिक सुविधा सम्पन्न डिलरको सो–रुम सीजी अपुर्वा स्थापना गरेको अपुर्वाका निर्देशक राजु गुप्ताले बताए । उनका अनुसार पोखराको रत्नचोक क्षेत्रमा करीब एक करोडको लागतमा उक्त सोरुम स्थापना भएको हो । पोखरेलीहरुको माग र कम्पनीको देश व्यापी विस्तार गर्ने योजना अनुसार आफुहरु पोखरामा उक्त सोरुम स्थापना गरेको उनले जनाए । अन्य रंगहरु भन्दा आफ्नो कम्पनीको रंग मानव स्वास्थ्यका दृष्टिले पनि उपयुक्त भएको गुप्ताले दाबी गरे ।

cg-apurva-showroom-pokhara
जापानको कम्पनी हाल ६० देशमा यसको व्यापार प्रवद्र्धन भएको समेत उनले उल्लेख गरे। सालिमा ग्रुपबाट विरगन्जमा यसको उद्योग रहेको छ । उक्त सो रुममा पेन्टीङ सहितका सेनीटरीका सामानहरु समेत उपलब्ध भएको  र यो सोरुममा  कहीकतै पनि ग्राहकले धुलो तथा फोहोरको अनुभब गर्न नपाउन भनि ब्यबस्थापन गरिएको पोखरा सोरुमका निर्देशक दिनेश प्रसाद चौधरीले बताए । पोखरामा सोरुम मा हाल १५ जनाले रोजगार पाएका छन ।
cg-apurva
कन्साई पेन्ट्स नेपाल प्रालि, कन्साई नेरोल्याक पेन्ट्स लि.को शाखा कम्पनी हो । यसको स्वामित्व कन्साई पेन्टस् कम्पनी जापानसँग रहेको छ । पेन्ट्स उत्पादनमा अत्याधुनिक प्रविधि तथा नविनतम् प्रयोगका लागि अन्तर्राष्ट्रिय ख्याति प्राप्त यो कम्पनी पेन्टस् उत्पादन गर्ने सवैभन्दा ठूलो कम्पनी मध्यमा पर्ने गुप्ताले जनाए । भारतको बजारमा यसको स्थान पेन्टस्मा उच्च रहेको छ भने औद्योगिक पेन्टस्को उत्पादनमा यसले बजारमा अग्रस्थान ओगटेको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिको प्रयोगले नेपाली पेन्टस् उद्योगलाई टेवा दिँदै उच्च स्तरीय पेन्टस् उत्पादन गर्ने लक्ष्यका साथै नेपालमै उत्पादन शुरु गरिएको छ । चालु आर्थिक वर्षमा सवैभन्दा बढि विक्रिदर भएको र भइरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button