पोखराको कृस्तीमा धार्मिक तथा पर्यटन प्रवद्र्धनका लागि महायज्ञ हुने

  • पोखरा न्यूज
  • २०७३ कार्तिक २९
Post Thumbnail

पोखरा-

पोखरा २४, कृस्तीमा धार्मिक तथा पर्यटक प्रवद्र्धन गर्नको लागि महायज्ञ संचालन हुने भएको छ ।

ॐ कैलाश धाम कृस्तीमा धार्मिक तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मंसिर ४ देखि १३ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो। पर्यटकीय दृष्टिले दृश्यावलोकनको लागि र धार्मिक हिसावले धेरै महत्व वोकेको उक्त स्थानको विकाससंगै ॐ कैलाश शिवढुंङ्गा शिवशक्ति महापीठधामको विकास एवं विभिन्न भौतिक संरचना गरीने गरी महायज्ञ आयोजना गर्न लागिएको महायज्ञका संयोजक पुर्ण बहादुर थापाले बताए ।

उनका अनुसार पहिलो योजनामा एक करोड ५० लाख रुपैया बराबरको एक सय ८ शिवलिङग्, एक सय ८ शिलाधारा, मन्दीर लगायतका भौतिक संरचना गर्ने लक्ष्य राखिएको छ । महायज्ञ सम्पन्न गर्न करीब ५ लाख खर्च हुने महायज्ञबाट भने एक करोड ५० लाख बढी आम्दानी गर्ने लक्ष्य राखिएको उनले जनाए ।

भागवत् भाष्कर युवा पण्डित कमलनयन गौतमबाट भावगत् वाचन हुने भएको सचिव विष्णु पौडेलले बताए । सेभ द मिसन मिडियाका अध्यक्ष एवं समाजसेवि के.बी. सम्राट र अर्को समाजसेवि कमला घलेले ॐ कैलाश धामलाई स्थापित गर्न खुलेर सहयोग गर्दैछन । सम्राटले हालसम्म करीब ३५ लाख नगद सहित अन्य पछि फिर्ता गर्ने सर्तमा विना व्याजमा लगानी गरेको उनले जनाए। विश्वका धार्मिक पर्यटकहरुको उत्कृष्ट गन्तव्य नभएसम्म आफुहरुको सहयोग हुने उनले जनाए ।

राष्ट्रिय परोपकार महासंघ नेपालबाट संरक्षित रहेको उक्त धाममा वहुउद्धेश्य भवन निमार्ण सहितको योजनामा हालसम्म आफुले करीब २५ लाख रुपैया विना व्याजमा सहयोग गरेको कमला घलेले बताईन । घलेले आफुले विना व्याजमा सहयोग गर्ने लगभग अन्तिम अबस्था भएको प्रतिकृया दिईन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस