पोखरा रामबजारको सडकमा देउसी भैलोको रकमबाट सोलार बत्ती जडान गरिने

पोखरा-

रामबजारका स्थानीय लगायत  राममन्दिर माछापुच्छ्रे महिला समूहले खेलाएको देउसी भैलोबाट बचत रकमले रामबजार क्षेत्रमा सडक सोलार बत्ती राखिने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

२०५६ सालदेखि विकास निर्माण र सुसंगठित व्यापार व्यवसाय, सुरक्षित बजारको रुपमा विकास गर्दै वातावरण, मठमन्दिर संरक्षणको कार्यमा अगाडी बढिरहेको रामबजारमा  देउसी भैलोबाट बचत रकमवाट  बजार क्षेत्रमा सडक सोलार बत्ती जडान गरिने भएको  हो  ।

यसअघि  युनाइटेड क्लव पोखराबाट शुरु गरिएको टोल टोल उज्यालो कार्यक्रम अन्तर्गत युनाइटेड क्लवबाट ६०% तथा  रामबजार टोल सुधार समिति रामबजार १०, ११ को पहलमा श्रीकृष्ण मन्दिरको ४०% सहयोगमा रामबजार चोकदेखि एसओएस बालग्राम गण्डकीको गेटसम्म २६ वटा पोलामा सडक बत्ती राखिएको  थियो ।

शुभ दीपावली २०७३ को अवसरमा राममन्दिरको प्राङ्गणमा राममन्दिर संचालक समति र राममन्दिर माछापुच्छ्रे महिला समूहबाट संचालित देउसीभैलो कार्यक्रमबाट बचत भएको रकम रु.१ लाख २४ हजारले रामबजार युथ क्लवसँग समन्वय गरी रामबजारको बाँकी स्थानमा सडक सोलार बत्ती जडान गर्ने भएको महिला समूहकी अध्यक्ष माया भुजेल गुरुङ्गले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी प्रकाश बरालले देउसी भैलो कार्यक्रमबाट संकलित रकमले छिटै भनेका योजना पूरा गर्न आग्रह गर्नुहुँदै त्यस्ता कार्यमा सहयोग गर्ने बताउनुभयो ।उक्त अवसरमा टोल विकासमा सक्रिय योगदान पु¥याएको भन्दै टोल सुधार समिति रामबजारको तर्फबाट सम्मर बहादुर श्रेष्ठ र वडा प्रहरी कार्यालय रामबजारको तर्फबाट प्रहरी निरीक्षक बेद प्रसाद जोशीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा टोल सुधार समिति रामबजार १०, १५ का अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, रामबजार युथ क्लवका अध्यक्ष कुमार थिङ लामा, श्रीकृष्ण संचालक समितिका अध्यक्ष ज्ञान बहादुर थापा लगायतले आ-आफ्नो विचार राख्दै विकास र व्यवस्थापनको लागि सबै लागिपरी एक हुनुपर्ने बताउनुभएको थियो ।

राममन्दिर संचालक समितिका अध्यक्ष पदम गुरुङ्गले स्वागत गर्नुभएको  कार्यक्रमको संचालन मन्दिरका सदस्य नरहरि पनेरुले गर्नुभएको थियो । कार्यक्रम राममन्दिर माछापुच्छ्रे महिला समूहकी अध्यक्ष माया भुजेल गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button