पोखरा –
सिटी रेवान महोत्सवमा तथा फुड फेस्टीवल २०७३ मा नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरीने भएको छ ।
सिटी रेवान पोखरा कास्कीको आयोजनामा मंसिर २ देखि १२ गतेसम्म पोखरामा संचालन हुने महोत्सबको अवलोकन गर्न जाने दर्शकले टेलिकमको प्रिपेड सिम कार्ड निशुल्क पाउने भएका हुन् । महोत्सवमा प्रबेस शुल्क ८० रुपैया रहेको छ भने टेलिकमले प्रदान गर्ने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु भने पर्ने छ ।
पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवको तयारी पुरा भएको जानकारी गराउन मंगलबार महोत्सव स्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा उक्त कुराको पनि जानकारी गराईएको हो। महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए। पर्यटन प्रवद्र्धन एवम् लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत ४ बर्ष देखि निरन्तर रुपमा उक्त महोत्सवलाई आयोजना गर्दै आएको पाध्याले बताए । “पर्यटन प्रवद्र्धन संगसंगै” भन्ने नारा सहित आयोजना हुने महोत्सवमा बजार मुल्य भन्दा सहुलियतमा एउटै रेष्टुरेण्टबाट खानाका परिकार पाईने भएको छ । आयोजकले एउटा रेष्टुरेण्टबाटै पहिले नै मेनु तयारी गरी खानाका परिकारहरु पस्कने तयारी गरेको पाध्याले बताए । उनले भने “मेला र महोत्सवमा दर्शकहरुले खानामा महङगो हुने गरेको गुनासो भएकोले हामीले यस पटक आयोजकबाटै व्याबस्थापन हुने गरी रेष्टुरेण्ट संचालन गरेका हौं । ”
महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने पाध्यले जनाए । महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले जनाए। महोत्सव उद्घाटनको पुर्व सध्यामा सृजनाचोकबाट विहान १० बजे पछि झाँकी सहितको र्याली महोत्सव स्थलमा पुग्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution