विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का पोखरामा मंसीर ४ र ५ गते प्रदर्शन गरिने

पोखरा-

विश्वकै सबैभन्दा ठूलो बुद्ध थान्का पोखरामा प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल—जापान सम्बन्धको साठीऔं वर्षगाँठको अवसरमा यहि मंसिर ४ र ५ गते पोखरा रंगशालामा आयोजना गरिने थान्का प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको हो ।

विश्वकै सबैभन्दा ठूलो सत्तरी मिटर लामो र ५० मिटर चौंडाई भएको द आर्ट अफ प्याचवर्क (कपडालाई काटेर टालेको) थान्का पोखरामा यहि शनिबार र आइतबार मध्याह्न १२ बजेदेखी पोखरा रंगशालामा प्रदर्शनी शुरु गरिने थान्का प्रदर्शन मूल आयोजक समितिका संयोजक पानबहादुर घर्तीले जानकारी दए । प्रदर्शनीका लागि थान्का पोखरा आइसकेको संयोजक घर्तीले बताए । थान्का पोखरा रंगशालाको खेल मैदानमै पूर्व—पश्चिमबाट हेर्न मिल्नेगरी राखिने र राख्ने क्रम शुक्रबार दिउँसो १ बजेबाट गरिने संयोजक घर्तीले जानकारी दिए । स्टेज र साउण्ड सिस्टमको काम पनि शुक्रबारै गरिने उनले बताए ।

शनिबार मध्याह्न १२ बजेदेखी प्रदर्शनी खुल्ला हुनेछ । त्यसअघी पूर्वाह्न १० बजे लखनचोकबाट लामा गुरुहरुको नेतृत्वमा बाजागाजासहितको ¥याली निकालिने घर्तीले जानकारी दिए । थान्का प्रदर्शनीको उद्घाटन हेम्जा गुम्बाका प्रमुख तथा काहुँमा बन्न लागेको यशोधरा वाटीकाका प्रमुख स्याङपा रिम्पोछेबाट बौद्ध संस्कृति अनुसार विधिपूर्वक पूजा गरेर गरिनेछ । सो अवसरमा नेपाल र जापानको झण्डा प्रदर्शन गरिने र सो समयमा राष्ट्रिय धुन बजाइने घर्तीले बताए । त्यस्तै, उद्घाटन कार्यक्रममा लामा गुरुसहित सहभागिहरुले थान्कालाई चारैतिरबाट छोएर विश्व शान्तिको कामना गर्दै मन्त्रोच्चारण गरिने उनले बताए ।

यसअघी थान्का प्रदर्शनका लागि आदिवासी जनजाती जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष पानबहादुर घर्तीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो । समितिमा आदिवासी जनजातीसँग सम्बद्ध कास्कीका सबै संघसंस्था, बुद्ध जयन्ती मूल समारोह समितिमा आबद्ध सबै संघसंस्था, कास्कीका सबै गुम्बाहरु, धर्मशिला बुद्धबिहारसँग सम्बद्ध सबै संघसंस्थाहरु, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र पोखराका पर्यटनसँग सम्बद्ध सबै संघसंस्थाहरु रहेका छन् ।

त्यस्तै, मूल समितिले थान्का प्रदर्शनमा सघाउन विभिन्न उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत प्रचारप्रसार संयोजकमा रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ, अतिथि सत्कार संयोजकमा बौद्ध अर्घौं सदनका अध्यक्ष मोतिबहादुर ुरुङ, जन सम्पर्क तथा प्रदर्शनी व्यवस्थापन उपसमिति संयोजकमा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवनकुमार प्रजापति, बौद्ध धर्म संघसंस्था संयोजन समिति संयोजकमा नरेन्द्र लालचन, झाँकी तथा भेषभुषा प्रदर्शनी समिति संयोजकमा श्याम शाक्य, आदिवासी जनजाती परिचालन संयोजकमा पूर्ण राना, सल्लाहकार समिति संयोजकमा अशोक पालिखे, लेखनाथका गुरुङ संघसंस्था समन्वय समिति संयोजकमा ङ्योए तमु धिँका अध्यक्ष मनबहादुर गुरुङ, लेखनाथका आदिवासी जनजाति समन्वय समिति संयोजकमा जंगबहादुर गुरुङ  छन् ।

फोटो- The Kathmandu Post

प्रतिक्रिया

  1. Hamro Nepalko San Vishwa Ma Maniyeka Shree Gautam Buddha Bhagwan Lai Hami Sampurna Pokhreliko Tarfa Bat Sadar Pranam Namaskar Buddham Saranam Gachhami Hami Sabai Pahad Madhesi Yek hou Hamro Buddha Bhagwako Dhartima Shanti Ra Yekata Rahos Jay Buddha Jay Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button