जीप दुर्घटनामा सात घाइते, एक गम्भीर

पर्वत –

पर्वत सदरमुकाम कुस्माबजारबाट राम्जा जाँदै गरेको यात्रुबहाक जीप कुस्माको खरेहामा दुर्घटना हुँदा सात जना घाइते भएका छन ।

शुक्रबार दिउँसो ४ बजेको समयमा ग २ च २३७३ नम्बरको जीप सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुने मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने ६ जनाको अवस्था सामान्य छ ।

घाइते मध्ये ठुलीपोखरी वडा नं ४ का सन्दिप बिकको पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । अन्य घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । पर्वत अस्पतालमा उपचार गराईरहेका घाइतेहरुमा राम्जादेउराली – ५ की सिता नेपाली, राम्जादेउराली – २ का प्रेमप्रसाद गौतम, राम्जा – ५ कै सरस्वती नेपाली, आर्थर डाडाँखर्क – १ का कृष्णबहादुर थापा र खौलालाँकुरी –६ का रोशन परियार रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button