पोखरा-
खहरे आमा समूह पोखराले फेवातालस्थित खहरे घाट वरपर बगैँचा निर्माण गर्ने भएको छ । फेवाताल र आसपासका क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यहाँको सुन्दरतालाई थप परिष्कृत बनाउने र सामाजिक विकृतिविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरी नमुना समाज बनाउने लक्ष्य राखिएको समूहको शुक्रबार यहाँ आयोजित तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनका अवसरमा समूहका सचिव मैयाँ थापाले जानकारी दिनुभयो ।
समूहले प्रत्येक महिनाको तेस्रो शनिबार फेवाताल वरपर र खहरे क्षेत्रमा सरसफाइ गर्दै आएको छ । समूहका अध्यक्ष नानीमैयाँ सिग्देलले भूकम्पबाट पीडित सर्वसाधारणको सहयोग, बाढी प्रकोपबाट पीडितको सहयोग लगायत काममा बढिरहेको महिला सक्रियता प्रशंसायोग्य भएको बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution