पोखरामा जारी वास्केटवल प्रतियोगितामा आईतबार क्वाटरफाईनलका खेलहरु हुने

पोखरा-
पोखरामा जारी १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ अन्र्तगत आइतबार क्वाटरफाईनलका खेलहरु हने भएका छन ।

शनिबार लिग चरणका १० वटा खेलहरु सम्पन्न भएसंगै आइतबार छात्र÷छात्राको क्वाटरफाईनलका खेलहरु हुने भएको संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनले बताए । कास्की जिल्ला बास्केटवल संघको आयोजना तथा समाजसेवि कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरा रंगशालामा शनिबार भएको छात्र तर्फको पहिलो खेलमा माउण्ट अन्नपुर्ण उच्च माविले मनकामना बोर्डिङ स्कुललाई २३ का बिरुद्ध ३२ स्कोरले पराजित गरेको हो ।

दोश्रो खेलमा टप्स उच्च माविले ग्लोवल कलिजियट उच्च माविलाई २० को बिरुद्ध ३२ स्कोरले पराजित गर्दा अर्को खेलमा लिटिल स्टेप उच्च माविले रेन्वो एकेडेमीलाइ १३ का बिरुद्ध २८ स्कोरले पराजित गरेको हो । वाल कल्याण उच्च माविले सरस्वती आदर्श बिद्याश्रमलाई २८ का बिरुद्ध ३० स्कोरको झिनो अन्तरले पन्छायो । कुमुदीनिहोम्स उच्च माविले सेन्ट फेन्सीस एकेडेमी माथि सहज जित दर्ता गर्यो । कुमुदीनिहोम्सले शुल्यका बिरुद्ध २० स्कोरले सेन्ट फेन्सीसलाई पराजित गरेको हो ।

त्यसै गरी छात्रा तर्फको खेलमा टप्स उच्च माविले गण्डकी बोर्डिङ स्कुललाई २ का बिरुद्ध २१ स्कोरले पराजित गर्यो । अर्को खेलमा माउन्ट अन्नपुर्णले कुमुदीनिहोम्स उच्च माविलाई ६ को बिरुद्ध १५ स्कोरले पराजित गर्यो । ग्लोवल कलिजियट उच्च माविले रेन्वो एकेडेमीलाई एकका बिरुद्ध १९ स्कोरको बिशाल अन्तरले पराजित गर्यो । छात्रतर्फको अर्को खेलमा वाल कल्याण उच्च माविले कास्की मोडनाइज एकेडेमीलाई ३८ का बिरुद्ध ४० स्कोरले पन्छायो । शनिबारको अन्तिम खेलमा कुमुदीनिहोम्स उच्च माविले ग्लोवल कलिजियट उच्च माविलाई १७ का बिरुद्ध ३३ को फराकिलो स्कोरले पराजित गरेको हो । शनिबार जित हासिल गरेका टिम क्वाटरफाईनलमा प्रबेस गरेको संघका सचिव ध्वज कुमार गुरुङले बताए । प्रतियोगिता सोमबारसम्म चल्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button