पोखरा-
कास्कीको लेखनाथ नगरपालिका वडा नं १६ को लामगादीस्थित ठूलोपाखामा भएको ट्याक्टर दुर्घटनामा परि चालक रामनारायण यादवको मृत्यु भएको छ ।
पुडीबाट गिटी लिएर लामगादीतर्फ जाँदै गरेको ग १ त ३७ ५३ नम्बबरको ट्याक्टर ओभरलोडका कारण सडक छेउबाट करिब दुई सय मिटर तल सेती नदिमा खस्दा रौतहट घर भएका चालक रामनारायण यादवको घटनास्थलमै मृत्यु भएको हो ।
लेखनाथ नगरपालिका वडा नं १ निवासी निर्माण ब्यवसायी कर्णबहादुर सुनारको ट्याक्टर बाटोबाट तल खसि सेती नदिको पानीमा डुबेको छ । मृतक यादवको शव नदि किनारामा रहेको र ट्याक्टरको एक वटा पाँग्रो फुत्किएर बाहिर देखिएको घटनास्थलमा पुगी उद्धारकार्यमा संलग्न गगनगौडा अस्थायी ट्राफिक पोष्टका प्रहरी साहायक निरिक्षक रुद्रवहादुर मल्लले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution