
पोखरा –
पोखरामा विहिबार देखि सुरु भएको सिटी रेवान महोत्सव तथा फुड फेस्टीवल २०७३ जारी छ ।
पोखरा नगर होटल रेष्टुरेण्ट तथा बार एशोसियसन (पोखरा सिटी रेवान) कास्कीको आयोजनामा भएको महोत्सवमा पाँचौ दिन आज सोमवार लोकदोहोरी तर्फ प्रजापति पराजुली, लाली वुढाथोकी,धनश्यामरिजाल, दुर्गा गुरुङ, कृष्ण गुरुङ, अमरधिताल लगायतका कलाकारहरुको साँगितिक प्रस्तुति रहने आयोजकले बताएको छ ।
त्यस्तै पप कन्सर्ट तर्फ चर्चित निनान्द व्याण्डका आशिश दास दियाली, ववी सुनार, अलविन थापा,र निशा गुरुङ को प्रस्तुती रहने छ । भने एस के डान्स स्कुलको तर्फवाट आकर्षक नृत्य प्रस्तुत हुने पप कन्सर्ट संयोजक जिवन गुरुङले जानकारी दिएका छन ।
चौथो दिन हिजो आईतवार लोकदोहोरी तर्फ आधादर्जन कलाकारको साँगितिक प्रस्तुती राखेका छन ।
आईतवार प्रजापती पराजुली, जानकरु तारमी मगर, राजन कार्की, मञ्जु विक, गगन गुरुङ, टेक क्षेत्री र पुजा तामाङ लगायतका गायक गायिकाहरुले दर्शकलाई नचाए । त्यस्तै पप कन्सर्ट तर्फ डिजे उमेश, डिजे सनिस, डिजे ससपोईजन लगायतको प्रस्तुती मा दर्शकहरु झुमेका थिए ।
मंसिर १२ गतेसम्म पोखरा रङ्गशालामा संचालन हुने पाँचौं संस्करणको उक्त महोत्सवमा बैंकीङ, लक्ता कपडा, सुचना प्रविधि, रेष्टुरेण्ट लगायतका एक सय ४ वटा स्टलहरु रहेको पोखरा सिटी रेवानका अध्यक्ष केपी शर्मा पाध्याले बताए । महोत्सवको शनिवार सम्म २३ हजार भन्दा धेरै दशकले अवलोकन गरिसकेका छन ।
महोत्सवलाई थप आकर्षण बनाउन अन्तर समाज दोहोरी गीत, ढिडो खाने प्रतियोगिता, पप कन्सर्ट, राष्ट्रिय चर्चित हाँस्य कलाकारको प्रस्तुति, २५ देखि ४० वर्ष उमेरसम्मका एकल महिला नृत्य र रत्यौली प्रतियोगिताको आयोजना गरिने पाध्यले जनाए ।
महोत्सव ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव सम्पन्न गर्नका लागि ३९ लाख ८५ हजार खर्च हुने र ४४ लाख ५५ हजार आम्दानी हुने अनुमान गरिएको महासचिव दिपक तिमिल्सिनाले बताए। महोत्सवबाट बचेको रकमबाट १० प्रतिशत पर्यटन प्रवद्र्धन र पाँच प्रतिशत असहाय बालबालिकाको लागि सहयोग गर्ने उनले जनाए ।
नेपाल सम्वत ११३७ को अवसरमा पोखरामा जारी सटी रेवान महोत्सव तथा फुड फेस्टीवलमा ११३७ वटा अण्डाको एउटा अम्लेट पकाईने भएको छ । महोत्सवका अण्डा फुलवारी संयोजक सागर लुईटेलका अनुसार महोत्समा आकषर्णको रुपमा मंसिर ११ गते शनिबार उक्त अण्डा एउटै भाडामा पकायर उक्त अम्लेट दर्शकहरुलाई वितरण गरीने छ ।
उक्त महोत्सवमा अवलोकन गर्न जाने दर्शकलाई नेपाल टेलिकमबाट प्रदान हुने प्रिपेड मोवाइलको सिम कार्ड निशुल्क प्रदान गरिएको छ । महोत्सवको प्रबेस शुल्क ८० रुपैया रहेको छ भने उक्त सिम कार्डमा ५० रुपैया व्यालेन्स हुने छ । उक्त सिमकार्ड लिनको लागि दर्शकले आफ्नो परिचय खुल्ने नागरीकताको वा कुनै परिचयपत्रको फोटोकपि र पासवोर्ड साइजको फोटो साथमा लैजानु पर्ने छ ।





