पोखरा –
दोहोरो उपाधिको लागि पोखराको माउन्ट अन्नपुर्ण उच्च को छात्र तथा छात्रा तर्फको दुबै टिम फाईनलमा प्रबेस गरेको ।
पोखरामा जारी १४ औं संस्करणको जेपि क्रस अन्तरबिद्यालय छात्र÷छात्रा वास्केटवल प्रतियोगिता २०७३ अन्र्तगत आइतबार भएको क्वाटर फाईनल हुदै सेमिफाईनलबाट जित हासिल गरी माउन्ट अन्नपुर्णको दुबै टिम फाईनलमा प्रबेस गरेका हुन । छात्र तर्फको डिफेण्डीङ च्याम्पियन माउन्ट अन्नपुर्णले सेमिफाईनल खेलमा टप्स उच्च माविलाई ४७ का बिरुद्ध ६३ स्कोरले पराजित गरी फाइनलमा यात्रा बनाएको हो । अर्को खेलमा वाल कल्याण उच्च माविले कुमुदीनिहोम्स उच्च माविलाइ ३३ को बिरुद्ध ३९ स्कोरले पन्छाउदै फाईनलमा प्रबेस गरेको हो ।
छात्रा तर्फ माउन्न अन्नपुर्णले मनकामना वोर्डिङ स्कुललाई १३ को बिरुद्ध १७ स्कोरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । अर्को खेलमा डिफेण्डीङ च्याम्पीयन टप्स उच्च माविले लिटिल स्टेप उच्च माविलाई ४ को बिरुद्ध ११ स्कोरले पराजित गरी फाइनलमा प्रबेस गरेको हो ।सोमबार छात्रतर्फको उपाधिको लागि माउन्ट अन्नपुर्ण बिरुद्ध वालकल्याण र छात्रा तर्फ माउन्ट अन्नपुर्ण बिरुद्ध टप्स उच्च मावि विच प्रतिष्प्रर्धा हुने भएको संघ कास्कीका अध्यक्ष नेत्र बहादुर शेनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution