लेखनाथमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

लेखनाथ –
पाचौं राष्ट्रिय कर दिबस तथा कर सप्ताह २०७३ को अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम लेखनाथमा सम्पन्न भएको छ । लेखनाथ उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय पोखराको संयुक्त आयोजनामा भएको कर शिक्षा कार्यक्रममा पेशा ब्यवसाय दर्ता, कर प्रणालीका बारेमा जानकारी दिईएको थियो।

सो अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत लेखनाथ शर्माले प्रत्येक नागरिकले तिर्ने कर राष्ट्र निर्माणका लागि खर्च हुने बताउदै कर तिरी सभ्य नागरीक बन्नका लागि अनुरोध गरेका छन ।  उनले  कर कार्यालय व्यवसायिक मैत्री भएर अगाडी वढ्न तयार रहेको बताए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य र पुर्व अध्यक्ष सुमन भटराईले सवै ब्यवसायिहरुमा कर तिरेर सच्चा नागरीक बन्ने सोचको विकास भइरहेको धारणा राख्नुभएको थियो । लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसै विच गत आर्थिक वर्षमा कर प्रशाासन, कर सचेतना, सहभागिता तथा संकलनको अभियानमा संस्थागत तर्फबाट लेखनाथ उद्योग बाणिज्य संघले पु¥याएको योगदानको कदर गर्दै मंगलवार एक कार्यक्रमका विच आन्तरिक राजश्व कार्यालय पोखराले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button