२५ बिद्यालयका ४ सय ९५ जना खेलाडी सहभागि हुने,
पोखरा-
संस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स) को आयोजनामा यही मंसिर ९ देखि ११ गतेसम्म पोखरामा संचालन हुने ‘ युनिप्स स्पोर्टस् मिट’ मा २५ बिद्यालयका ४ सय ९५ जना खेलाडीहरु सहभागि हुने भएका छन ।
पोखरा रंगशालामा ३ दिन चल्ने तेस्रो सँस्करणको उक्त स्पोर्टस् मिटमा छात्र तर्फ फुटवल, छात्रा तर्फ कपर्दी र भलिवल तर्फ छात्र÷छात्राको खेल हुने भएको यूनिप्स नेपालका केन्द्रीय अध्यक्ष ध्रुब गिरीले बताए ।
बिद्यार्थीहरुमा अध्यनसंगै खेलकुद पनि आवश्यक भएकोले आफुहरुले वृहत खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेका गिरीले जनाए ।
प्राथमिक, निम्न प्राथमिक र माध्यामिक तहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै रुपमा खेलमा प्रतिस्पर्धा गराईने भएकोे छ । एथ्लेटिक्स समेत हुने भएको छ । सबै विधाका खेलका विजेताहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र उपलब्ध गराईने भएको छ ।
खेलकुद सँयोजक विनोद नेपालीले अघिल्लो वर्ष भूकम्पका कारण प्रभावितभ ए पनि यस बर्ष देखि पुनः निरन्तरा दिन लागेको जनाए । यूनिप्स स्पोर्टस् मिटमा करिब १० लाख रुपैयाँ खर्च हुने उनले जनाए । उद्घाटन नभए पनि अनौपचारीक रुपमा मंसिर ७ मंगलबार देखि पहिलो चरणको खेल हुने भएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution