तेस्रो यूनिप्स स्पोर्टस् मिटका विभिन्न खेल लेखनाथमा सुरु

२५ बिद्यालयका ४ सय ९५ जना खेलाडी सहभागि हुदै,
पोखरा-
संस्थागत एवं निजी विद्यालय संगठन (यूनिप्स) को आयोजनामा मंगलबार देखि कास्कीको लेखनाथ स्थित भण्डारढिकको खेल मैदानमा विभिन्न खेलहरु संचालन भएको छ ।

उक्त युनिप्स स्पोर्टस् मिटको औपचारीक उद्घाटन भने मंसिर ९ पोखरा रंगशालामा हुने भए पनि अनौपचारीक रुपमा मंगलबार देखि विभिन्न खेलहरु लेखनाथमा सुरु भएको खेलकुद सँयोजक विनोद नेपालीले बताए । मंगलबार र बुधबार भण्डारढिकमा विभिन्न खेलहरु भएसंगै विहिबार देखि शनिबारसम्म पोखरामा उक्त प्रतियोगिता हुने भएको नेपालीले जनाए । युनिप्स स्पोर्टस् मिट’ मा २५ बिद्यालयका ४ सय ९५ जना खेलाडीहरु सहभागि हुदैछन ।
football
मंगलबार भएको छात्र तर्फको फुटवल खेलमा स्मल हेवन एकेडेमी, माउन्ट हेवन एकेडेमी, एकता र कालिका बोर्डिङ स्कुलले जित दर्ता गरेका छन । स्मल हेवनले ज्ञानकुन्ज स्कुललाई ७–० ले, माउण्ट हेवनले गण्डकी फाउण्डेसनलाई ५–० ले एकताले पिनाकललाई ३–० ले र मंगलबारको अन्तिम खेल कालिका वोर्डिङ स्कुलले होलि एन्जल एकेडेमीलाई टाईब्रेकरमा ३–२ को गोल अन्त्रले पराजित गरेको हो । अन्तिम खेलमा दुबै तर्फ गोल रहित बराबरीमा खेल टुंगिए पछि निर्णायको लागि टाईब्रकरमा पुगेको हो ।

volleyball
त्यसै गरी छात्र तर्फ मंगलबार भएको भलिवल खेलमा होलि एन्जलले एकता बोर्डिङलाई २–० को सेटमा, वेल ननले स्मल हेवनलाई २–१ को सेटमा, माउन्ट हेवनले कालिका वोर्डिङलाई २–० को सेटमा पराजित गरेको हो । त्यसै गरी मंगलबार छात्रा तर्फ भएको खेलमा होली एन्जलले एकता माथि २–० को सेटमा पराजित गर्दा अर्को खेलमा माउण्ट हेवनले सत्य साइ बिद्या आश्रमलाई २–० ले हराएको हो । कालिकाले वेल ननलाई २–१ को सेटमा पराजित गर्यो ।

kabaddi
त्यसै गरी छात्रा तर्फ भएको कपर्दी प्रतियोगितामा वेलननले माउन्ट हेवनलाई, एकताले गण्डकी एजुकेशनलाई, सत्य साईले स्मल हेवनलाई, र ज्ञानकुन्जले कालिका वोर्डिङ स्कुललाई पराजित गरेको कपर्दी तथा एथ्लेटिक्स संयोजक शंकर साहले बताए । बुधबार विहानै देखि विभिन्न चरणका खेलहरु भण्डारढिक खेल मैदानमा हुने भएको सचिवालय संयोजक शिवहरी सुवेदीले बताए ।

औपचारीक पछि पोखरा रंगशालामा ३ दिन चल्ने तेस्रो सँस्करणको उक्त स्पोर्टस् मिटमा छात्र तर्फ फुटवल, छात्रा तर्फ कपर्दी र भलिवल तर्फ छात्र÷छात्राको खेल हुने भएको यूनिप्स नेपालका केन्द्रीय अध्यक्ष ध्रुब गिरीले बताए । बिद्यार्थीहरुमा अध्यनसंगै खेलकुद पनि आवश्यक भएकोले आफुहरुले वृहत खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेका गिरीले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button