पोखरा-
ओम डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको २९.२० प्रतिशत बोनश शेयर नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । नेपाल राष्ट्र बैंकले स्विकृत गरेको बोनश शेयर बैंकको आंउदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ । बोनश शेयर पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब ३६ करोड २ लाख ८१ हजार ५ सय ५४ हुनेछ ।
बैंकले मनास्लु विकास बैंक लिमिटेडसंग मर्जरको लागि सैद्धान्तिक सहमति गरि स्विकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको छ ।
मर्जरपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६७ करोड पुग्ने र त्यसपछि चालु आर्थिक बर्ष २०७३÷७४ भित्रै हकप्रद शेयर जारी गर्ने र २०७३÷७४ को मुनाफाबाट बोनश शेयर जारी गरि चुक्ता पुंजी २ अर्ब ५० करोड भन्दा बढि पुर्याउने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution