पण्डीत पोखरेलले थाले दलितका बालबच्चा पढाउने अभियान

पोखरा-
कास्की, लाहाचोकको जनजागरण आधारभुत सामुदायिक विद्यालयले ठुलो लक्ष्यका साथ प्राबिधिक बिश्व बिद्यालयको संकल्प लिएर आगामि पौष ७ गते देखि १४ गते सम्म धार्मीक ज्ञान महायज्ञ संचालन गर्दैछ ।

महायज्ञका प्रमुख बाचक बाचन प्रबिण दिनबन्दु पोखरेलले जुन मानिसको जिवन उपयुत्त दर्शनबाट प्रेरित हुन्छ , त्यो जिवन सार्थक र सक्षम हुन्छ भन्दै, अहिलेको समाजमा मानव जिवनलाई उचित दर्शनको खाचो भएकोले आजको बिश्वमा मानिसलाइ प्राबिधिक शिक्षाको साथ साथै नैतिक र आध्यात्मिक शिक्षाको अभाब खड्रकियको महशुस भइरहेको बताए । उनले समय अनुसार चल्न नसक्दा देशको बिकास नभएको भनाई व्यक्त गरे ।

बिशेष गरी दलित बस्तीको बाहुल्यता भयको उक्त विद्यालयमा दलित छात्र छात्रा बढि मात्रामा अधययन गर्दछन्। कुनैपनि धर्म शात्रले जात जाति भनेर कतै पनि भेदभाव नगरेको, कूनै पनि भावगतले छुवाछुतको बारेमा वर्णन नगरेको पण्डीत पोखरेलले स्पष्ट पारे । छुवा छुत रुढिबाद, हिन्दु धर्ममा गम्भिर आघात भन्ने नाराका साथ अहिले आफु अगाडि बढेको उनले वताएका छन् ।

हिन्दू धर्म, गिता दर्शन, भावगतले कहिल्यै पनि कतै पनि छुवाछुतको छनक नदियको तर पछि मानिसले त्यस्तो प्रथाको थालनी आफै गरेको उल्लेख गर्दै मानिस जन्मदैमा सानो र ठुलो नभइकन गुण र कर्मको आधारमा माहान बन्ने उल्लेख गरेका छन् । पछिल्लो समयमा राजनैतिक स्वार्थ र अभिष्ठ पुरा गर्न केहि राजनैतिक र धार्मीक अतिबादिले बिभिन्न बहानामा जात जाति भाषा भाषिको नाममा समाजमा द्न्द्ध फैल्याउन लगेकाले धार्मीक जातिय बिभेदिकरण युक्त समाजको समुल अन्त्य गरी मानव मिलन समाज आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । उक्त विद्यालय अहिले पांच कक्षा सम्म संचालित छ जसमा ३० जना दलित बिद्यार्थी अध्ययन गर्दछन् भने ६ जना शिक्षक शिक्षिका कार्यरत छन् ।

यसैबीच महायज्ञ सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । खाना तथा व्यवस्थापन उपसमिति संयोजकमा भीमलाल अधिकारी, अतिथी सत्कार संयोजकमा सरस्वती परियार, मञ्च तथा मण्डप व्यवस्थापन संयोजकमा भूपेन्द्र सुनार, अर्थ संकलन संयोजकमा कृष्ण सुनार, स्वयम्सेवक परिचालन संयोजकमा सनम नेपाली, दानवीर र सम्मान संयोजकमा राजेन्द्र सुनार रहेका छन् । यस्तै कर्ताग्रह पुजा तथा अन्य उपसमिति संयोजकमा डम्बरराज पौडेल, यातायात व्यवस्थापन संयोजकमा लोक बहादुर सुनार, जनसम्पर्क संयोजकमा शेर बहादुर सुनार र सांस्कृतिक उपसमिति संयोजकमा शंकर नेपाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button