एन प्याव्सनको छात्र छात्रा फुटबल खेल जारी

पोखरा-

नेसनल प्याब्सान कास्कीले आयोजना गरेको ११ औ खेलकुद महोत्सव अन्तर्गत आईतबार छात्र छात्र फुटबल प्रतियोगिता भएको छ।
आईतबार भण्डारढिक खेल मैदान भएको छात्र फुटबल तर्फको खेलमा युनिभर्स बोर्डिङ स्कूलले सिद्धिविनायक बोर्डिङ स्कूललाई ३–२, पुष्पसदन एकेडेमीले शान्ति बाटिका बोर्डिङ स्कूलललाई टाईब्रेकरमा ३–०, अक्सफोर्ड स्कूलले ज्ञानज्योति विद्याकुञ्ज माविलाई ३–० र साइनिङ स्टार ले हार्वड एकेडेमीलाई १–० ले पराजित ग¥यो।

त्यस्तै अञ्चल शशस्त्र प्रहरी खेल मेदानमा भएको खेलमा हेम्जा बोर्डिङ स्कूलले सनराइज प्रिपाराटोरीलाई १–०, मर्निङग्लोरी एकेडेमीक स्कूलले चिल्ड्रेन्स एकेडेमीलाई १–०, फेवा बोर्डिङ स्कूलले राइजिङ स्टारलाई १–० र कान्तिपुर एकेडेमीले कास्की मोर्डनाइज्ड एकेडेमीलाई टाईब्रेकरमा ५–४ ले पराजित ग¥यो।त्यसैगरी, आईबार नै माछापोखरी खेल मैदानमा भउको छात्रा सेभेन ए साईड प्रतियोगितामा हेमजा बोर्डिङ स्कूलले अक्सफोर्ड स्कूललाई ४–०, डायमण्ड मोडल स्कूलले इमानुयल बोर्डिङ स्कूललाई ४–१, ज्ञानज्योती विद्याकुञ्जले एल पि देवकोटा मेमोरीयललाई २–१ र पुष्पसदन एकेडेमीले हार्वड एकेडेमीलाई १–० ले पराजित ग¥यो।

प्रतियोगिता अन्तर्गत शनिबार भण्डारिढिकमा भएको छात्रा फुटबल तर्फ अक्सोफोर्ड स्कूलले वर्डस एकेडेमीलाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो। ज्ञानज्योति विद्याकुञ्ज माविले पोखरा क्याम्ब्रिज बोर्डिङ स्कललाई ६–० ले पराजित ग¥यो। साईनिङस्टार बोर्डिङ स्कूलले दि विज्डम कास्की बोर्डिङ स्कूललाई २–०ले पराजित गर्दा हावर्ड एकेडेमीले एल पि देवकोटा मेमोरियल इंलिस बोर्डिङ स्कूललाई २–०ले पराजित ग¥यो।
अञ्चल शशस्त्र प्रहरी खेलमैदान भएको प्रतियोगितामा फेवा बोर्डिङ स्कूलले त्रिवेणी पब्लिक माविलाई १–०ले पराजित ग¥यो। कान्तिपुर एकेडेमीले बागमारा एकेडेमीक गार्डेनलाई ३–१, कास्की मोर्डनाइज्ड एकेडेमीलले रत्नज्योति माविलाई ३–० र राइजिङ स्टार एकेडेमीले बिरेन्द्र मेमोरियल बोर्डिङ स्कूललाई २–० ले पराजित गरेको प्रचार प्रसार उपसमितिका संयोजक प्रेमराज अधिकारीले जानकारी दिए। त्यसैगरी, माछापोखरी खेलमैदानमा भएको छात्रा तर्फको सेभेन ए साईड प्रतियोगिता तर्फ सनराइज प्रिपाराटोरी स्कूलले कान्तिपुर एकेडेमीलाई टाईब्रेकरमा ३–२ ले पराजित ग¥यो।

प्रतियोगितामा गोर्खा बोर्डिङ स्कूलले युनिभर्स बोर्डिङ स्कूललाई ६–०, मर्निङ्ग्लोरी एकेडेमीक स्कूलले फेवा बोर्डिङ स्कूललाई टाईब्रेकरमा ४–०ले पराजित ग¥यो।यता वर्डस एकेडेमीले बिरेन्द्र मेमोरीयल बोर्डिङ स्कूलललाई २–० ले पराजित गर्दै गर्दा सिद्धीविनायक बोर्डिङ स्कूलले सिद्धार्थ लवडेल बोर्डिङ स्कूललाई १–० ले पराजित ग¥यो।

औपचारिक उद्घाटन मंसिर १४ गते भएपनि शुक्रबार देखि अनौपचारिकरुपमा खेल शुरु भएको हो।  ‘एन प्याब्सान कास्कीको सङ्कल्प ः खेलकुद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मुल नार लिएको उक्त प्रतियोगितामा भलिबल, फुटबल, वास्केटबल, ह्याण्डबल, टेबुलटेनिस खेलहरु आधारभूत र मावि तहमा छात्र र छात्रा समूहमा खेलाईनेछ। एथलेटिक्स विधाका सम्पूर्ण खेलहरु महोत्सवमा खेलाईने एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button