तीन संस्थाले पोखरामा नारायण गोपालको स्मृति दिवस मनाउने

पोखरा
पोखरामा कृयाशील तीन ओटा साङ्गीतिक संस्थाहरुले संयुक्त रुपमा स्वर सम्राट् नारायण गोपालको स्मृति दिवस मनाउने भएका छन् । अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीले संयुक्त रुपमा नारायण गोपालको स्मृति दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागेका हुन् ।

मङ्सिर १८ गते शनिबार पोखराकै फुलबारीस्थित जे.ई. म्युजिक एकेडेमीमा हुने कार्यक्रममा स्वर सम्राट्का स्वरमा भएका गीतहरु नयाँ र पुराना डेढ दर्जन कलाकारहरुले गाउने जनाइएको छ ।
कार्यक्रमलाई व्यवस्थित गर्नका लागि जे.ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजूको संयोजकत्वमा ११ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ ।

समितिको सह–संयोजकमा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, सचिवमा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, कोषाध्यक्षमा जे.ई. म्युजिककी इतु जोजिजू र सहसचिवमा अनुपमका रुपिन्द्र प्रभावी रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button