फुल्नै छोड्यो लालुपाते

  • पोखरा न्यूज
  • २०७३ मंसिर २२
फुल्नै छोड्यो लालुपाते

पोखरा-

केही वर्षअघिसम्म मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ ।माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिले बताएका छन् ।

म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्ली लगायतका क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । “यो लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, ज्यामरुककोटका नरबहादुर थापाले भन्नुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस