आधार चाका घारमा राख्न थालेपछि मह उत्पादनमा वृद्धि

पोखरा-

मौरीको आधुनिक घारबाट चाकाको मह निकालेर फेरि आधार चाका घारमा नै राख्न थालेसँगै मह उत्पादनमा वृद्धि हुँदै आएको छ ।यहाँका मौरीपालन गर्ने किसानले चाकाबाट मह निकालेर फेरि आधार चाका घारमा राख्दा एक महिनामा चार–पाँच पटकसम्म मह निकाल्न सकिँदो रहेछ भन्ने प्रमाणित गर्ने नमुना कृषक पाल्पा बराङ्दीका पशुपति बस्याल हुन् ।यो पद्धतिको प्रयोग गरी मौरीपालन गर्ने यहाँका किसानले महिनामा चार–पाँच पटकसम्म मह निकाल्न थालेपछि मौरीपालन गर्ने किसान खुसी छन् । बस्यालका अनुसार असोज,कात्तिक, चैत र वैशाख महिनामा चार–पाँच पटकसम्म मह निकाल्न सकिन्छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चाकाका दायाँ र बायाँ भागबाट चक्कु वा चम्चाले मह काटेर निकाल्न सकिन्छ भने चाकाको बीच भागको आधार चाका फेरि घारमा नै राख्ने गरिन्छ । यसरी आधार चाका घारमा राख्दा मौरीलाई चाका बनाउन सजिलो हुने र मह पनि बढी उत्पादन गर्न सकिने बस्याल बताउनुहुन्छ।परम्परागत काठको घारका चाका नै निकाल्दा मौरीलाई चाका र मह हाल्न बढी समय लाग्ने गरेको किसान बताउँछन् । आधार चाका घारमा फेरि राख्दा मौरीलाई चाका बनाउन समय नलाग्ने र चाकामा मह मात्र हालेपछि बढी उत्पादन हुने बस्यालले बताउनुभयो ।

बस्यालकी श्रीमती बिमला बस्यालले टाउकोमा मह निकाल्दा प्रयोग गरिने टोपी लगाउनुभयो र घारबाट मौरी सहितको महका चाका निकाल्नुभयो, बिस्तारै चाकाका बाहिर रहेका मौरीलाई चम्चाको सहायताले हटाउनु भएपछि आधार चाकालाई सुरक्षित राख्दै कचौरामा मह निकालेर पाहुनालाई दिनुभयो ।केही मह निकालेपछि फेरि आधार चाकालाई घारमा राख्नुभयो, चरन गएका मौरी आएर घारमा प्रवेश गर्दा मह निकालेको मेसो मौरीले नै पाएनन् । यो पद्धतिबाट मह निकाल्दा मह बढी र छिटो मह निकाल्न सकिने बस्याल बताउनुहुन्छ ।एकपटक घारमा हालेपछि पटकपटक मह बराङ्दी गाविस–९, धापखोलाका पशुपति बस्यालले यही पद्धतिको प्रयोग गरेर महिनामा चार–पाँचपटक मह निकाल्नुहुन्छ । उहाँका सयभन्दा बढी आधुनिक घारबाट वार्षिक रु तीन–चार लाख आम्दानी गर्न सफल भएको बताउनुहुन्छ ।

स्थानीय बजारमा प्रतिकिलो आठसय रुपैयाँमा महको कारोबार हुन्छ । उहाँले वार्षिक ३०० देखि ५०० किलो मह उत्पादन गर्ने बताउनुहुन्छ । घरको छत, बारीमा समेत उहाँका आधुनिक घार प्रशस्त छन् । घारका विभिन्न भाग र बारीमा समेत मौरी पालेर आम्दानी गर्ने उहाँ यहाँका नमुना किसान हुनुहुन्छ ।मौरीपालन गरेपनि मौरीले आहारा आफैँ खोज्ने हुँदा यो पेसा सफा, सुन्दर र परिश्रम गर्न नपर्ने पेसाका रुपमा लिइन्छ । मौरीको घारमा एकपटक मौरी राखेपछि पटकपटक मह निकाल्न सकिने सजिलो पेसाका रुपमा लिइन्छ । चिउरीको वन, म्याल, सुन्तलाको बगैँचा, आरु, तोरीको बगान भएका क्षेत्रमा बढी मह उत्पादन गर्न सकिन्छ । त्यसमध्ये चिउरीबोट भएको क्षेत्रमा अझै छिटो मह निकाल्न सकिने बस्यालको भनाइ छ ।

बराङ्दी–५ का मानबहादुर लम्तरीका अनुसार फलफूल फुल्ने समयमा एउटा आधुनिक घारबाट पाँचदेखि १५ किलोसम्म मह उत्पादन गर्न सकिने बताउनुभयो ।विषादीको प्रयोगले मौरीलाई असर तरकारी उत्पादन बढाउन र किरा मार्नका लागि प्रयोग गरिने विषादीले मौरीलाई ठूलो असर हुने बस्याल बताउनुहुन्छ । तरकारीमा छर्ने विषादीले मौरी मर्ने भएकाले तरकारी र मौरीपालन व्यवसाय सौतासौतीजस्तो व्यवहार भएको बस्याल बताउनुहुन्छ ।मौरी चर्न जाने बाटोमा तरकारीमा विषादी प्रयोगले मर्ने गरेका हुन् । विषादी प्रयोग गरेको क्षेत्रमा मौरी हिँड्डुल गर्दासमेत मर्ने गरेको पाइन्छ । व्यावसायिक तरकारी खेतीका नाममा विषादीको अत्यधिक प्रयोगले मौरीपालन गर्ने किसान भने मर्कामा परेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button