मृतकको परिवारलाई रु नौ लाख सहयोग

 

पोखरा-

Hot Air Balloon Booking
Paragliding Pokhara

रोजगारीको सिलसिलामा जापानमा ज्यान गुमाएका युवकको परिवारलाई स्याङ्जा सहयोग समाज जापानले आर्थिक सहयोग गरेको छ । संस्थाले स्याङ्जाको अर्जुनचौपारी–९ केवरेका दीपक केसीकी आमा कौशिला केसीलाई बुधबार रु आठ लाख ९० हजार सहयोग गरेको हो ।“रोजगारीका लागि केसी जापान पुग्नुभएको ६ महिनामै निधन भएपछि हामी स्याङ्जावासीलाई दुःखी बनायो”, स्याङ्जा जापान सहयोग समाजका उपाध्यक्ष सागरमणि भण्डारीले भन्नुभयो ।

“विशेषगरी स्याङ्जाबाट रोजगारीको सिलसिलामा जापानमा रहेका सहयोगी मनसँग समाजको अगुवाइमा रकम सङ्कलन अभियान सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । २७ वर्षीय केसीको जापान गएको ६ महिनामै गएको असोजमा हृदयाघातका कारण निधन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button