पोखरामा राष्ट्रिय औधोगिक मेला सुरु

पोखरा-

पोखरा विमानस्थल निमार्ण कार्य तत्काल सुरु गर्न पर्यटन मन्त्री शाहीको निर्देशन

पर्यटन मन्त्री जीवन बहादुर शाहीले पोखरामा निमार्णधिन अबस्थामा रहेको तर प्राविधिक कारणले गर्दा केही समय देखि निमार्ण कार्य रोकिएको उक्त विमानस्थलको निमार्ण कार्यलाई तत्काल सुरु गर्न निर्देशन दिएका छन । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विहीबार देखि पोखरामा सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ उद्घाटन गर्दै पर्यटन मन्त्री शाहीले पोखरा विमानस्थल पोखराको मात्र नभई देशकै गौरवको योजना भएकोले विमानस्थल तत्काल निमार्ण गर्न निर्देशन दिएका हुन । उनले भने “पोखराको विमानस्थलको लागि तीन पटक सम्म मैले निरिक्षण गरेको छु, अब यसको निमार्ण कार्य कुनै हालतमा रोकिदैन, म क्यानको अध्यक्ष समेत भएको नाताले आजै देखि निर्देशन जारी गरेको छु, दातृनिकायबाट सहयोग प्राप्त नभए पनि नेपाल सरकारको पैसाले यहाँको विमानस्थल वन्छ, वन्छ ।”

दातृनिकायको ऋण सहयोगबाट निमार्ण हुन नसके पनि नेपाल सरकारको पैसाले पोखरामा विमानस्थल निमार्ण हुने उनले दाबी गरेका हुन । उनले भने “दातृनिकायको सहुलियतको ऋणमा हुन लागेको लगानी कम्पनीलाई धितो राख्ने काम भई रहेको छ, यसले गर्दा पोखरामा विनमास्थल निमार्णको काम अघि बढ्न सकेको छैन ।” नेपालका तीन वटै पोखरा, भैरहवा र निजगणको विमान स्थल निमाण धितो राख्ने तयारी भएकोले शिलन्यास भएका विमानस्थलको काम समेत रोकिएको मन्त्री शाहीले बताए । कुनै बृहत योजना निमार्ण हुने पक्का नहुदै शिलन्यास हुने परम्पराले गर्दा आम जनताहरुलाई भाषण र काम गर्ने व्यक्तिहरु छुट्टाउन उनले आग्रह गर्दै यस यस्ता बिषयमा जनताहरु प्नि सजग हुन उनले आग्रह गरे ।

कृषि, जलबिद्युत र पर्यटनाई नेपालमा एकै साथ अघि बढाउन सके देशमा आर्थिक समृद्धि हुने दाबी गर्दै मन्त्री शाहीले भने “गाउँमा पाइने स्थानीय उत्पादन प्रयोग गर्नेलाई प्रात्साहन गर्नू गर्दछ । ” अन्य देशबाट सामान ल्याएर यहाँको पर्यटनकबाट लाभ लिन नसक्ने उनले दाबी गरे । नेपाल उद्योग बाणिज्य महासंघ जिल्ला तथा नगरका उपाध्यक्ष किशोर प्रधानले आर्थिक उन्नती विना देशमा विकास सम्भवन नहुने बताए । पश्चिमाञ्चल क्षेत्रिय प्रशासक खगराज बरालले पोखराको पर्यटन प्रवद्र्धनमा प्राकृतिक श्रोत साधनले मात्र नहुने मानवनिर्मीत संरचनाहरु आवश्यक भएको बताए । संघका पुर्व अध्यक्ष रमेश कर्मचार्य, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, स्याङजा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज सुवेदी लगायतले बोलेका थिए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षमा उद्घाटन सत्र समापन भएको हो । उक्त मेला पुस ४ गतेसम्म चल्ने संघका महासचिव दामु अधिकारीले बताए। ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजना भएको मेलामा अत्याधुनिक डोममा निर्मित बिषेश प्रकारका ७८ वटा स्टल सहित, २ सय ९५ वटा विभिन्न व्यापारीक स्टलहरु रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

नेपाल सरकारले २०७३ लाई घुमफिर वर्ष घोषणा गरेको सन्दर्भमा पोखराको पर्यटन प्रवद्र्धन गर्ने गरी महोत्सवले पर्यटकलाई विशेष प्याकेज कार्यक्रम समेत ल्याउने भएको अध्यक्ष पालिखेले जनाए । अर्घाखाँची सिमेण्टको मुख्य प्रायोजन, एनआइसी एसिया बैंकको सह–प्रायोजन एवं नेपाल पर्यटन बोर्डको र राष्ट्रिय वाणिज्य बैंकको प्रवद्र्धनमा उक्त मेला आयोजना हुने भएको हो । मेलामा सुरक्षालाई ख्याल गर्दै २४ वटा सीसी क्यामरा समेत जडान गरीएको अध्यक्ष पालिखे बताए । उद्घाटनको अवसरमा संघको परिसरमाबाट झाँकी सहित सुरु भएको प्रभातफेरी महोत्सव स्थल पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो। उक्त झाँकी प्रतियोगितामा काजीपोखरीको सृष्टी टोल आमा समुह प्रथम भएको छ । प्रथम भएको समुहलाई १० हजार पुरस्कार वितरण गरीएको छ । नेपाल दैविक शक्ति तथा ज्योतिस धार्मिक समिति दोश्रो हुदै ७ हजार, नमुना आर्दश आमा समुह तेश्रो हुदै ५ हजार र शान्ति दर्शन महिला समुह शान्त्वना हुदै ३ हजार पुरस्कार प्राप्त गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button