ओमको शाखा जोमसोममा

पोखरा-

ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । २०७३ मंसिर २४ गते नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा कार्यक्रमका प्रमुख अतिथी शिवनाथ पाण्डेले शाखाको उद्घाटन गर्नुभएको हो । शाखाको उद्घाटन गर्दै कार्यकारी निर्देशक पाण्डेले बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्था र देशको मौद्रिक नीतिका वारेमा जानकारी दिनुभएको थियो । शाखा उद्घाटनपछि बैंकको शाखा संख्या २६ पुगेको छ भने अन्य ६ वटा नयां शाखा खोल्नको लागि निर्माण कार्यहरु भईराखेको छ । बैंकका अध्यक्ष सुशिल कुमार गोशलीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा शाखाका प्रवन्धक सोफिया शेरचनले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन गर्नुभएका बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियमा रहेको शाखाहरु सहित ४२ वटा शाखा पुग्ने लगायत बैंकका बिभिन्न गतिविधीहरु जानकारी जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जोमसोम उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, नेपाल रेडक्रस सोसाइटी मुस्ताङ्गका उपसभापति गणेश शेरचन, जोमसोम महिला समूहकी अध्यक्ष शर्मिला गुरुङ्गले आफ्नो मन्तब्य राख्नु भएको थियो । बैंकलाई आर्थिक बर्ष २०७२÷७३ को मुनाफाबाट शेयरधनिहरुलाई २९.२०% बोनश शेयर दिन राष्ट्र बैंकले स्विकृती दिईसकेको छ । बैंकको २०७३ असोज मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप संकलन गरि १० अर्ब ७८ करोड कर्जा लगानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button