पोखरा-
पोखराको पृथ्बी होटल व्यवसायी समितिको आयोजनामा आज (शनिबार) पोखरामा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट १९ यूनिट रंक्त संकलन भएको छ । समितिको सातौं बार्षिकोत्सवको अवसरमा आयोजना भएको उक्त कार्यक्रमबाट १९ यूनिट रंक्त संकलन भएको समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेले बताए । कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता दुर्गादक्त ढकाललाई व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।
समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा होटल महासंघ नेपालका केन्द्रीय सदस्य लोक पूसाद वस्याल, पत्रकार तथा समाजसेवि के.बी.सम्राट, रंक्त संचार केन्द्र पोखराका प्राविधिक अर्जुन ज्ञवाली, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्बीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, नेपाल घर भाडा सरोकार समितिका अध्यक्ष यामनाथ पौडेल, समितिका संस्थापक अध्यक्ष रिजन शेरचन, कार्यक्रम संयोजक ख्याम प्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्ष हरी प्रसाद पाण्डे, महासचिव बालकृष्ण निउरे लगायतले रक्तदानको बारेमा चर्चा गरेका थिए ।





