बाबा आनन्द सञ्चार पुरस्कार पत्रकार कृष्णमणी बराललाई

पोखरा –
बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७३ पत्रकार कृष्णमणी बराललाई प्रदान गरिने भएको छ ।
गत शुक्रवार बसेको प्रतिभा छनोट समितिको बैठकले बिगत १७ बर्षदेखि निरन्तर पत्रकारीता पेशामा संलग्न रहदै आएका बराललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पोखरा ७ नुवारथोक निवासी बरालले देशान्तर साप्ताहीकबाट पत्रकारीता सुरु गरेर हिमालय टाईम्स, समाधान हुदै बिगत १३ बर्षदेखि अन्नपुर्ण पोष्टमा कार्यरत रहेका छन । उनले बिशेष गरी वातावरण सम्बन्धि वाईल्ड लाईफ, सिमसार संरक्षण, तालतलैया सम्बन्धि र गिद्ध संरक्षण सम्बन्धि समाचार तथा फोटो पत्रकारीताका साथै सन २००७ देखी फोटो प्रर्दशनी गर्दै आएका छन । फोटो पत्रकारीता पुरस्कार २०६७, डब्लु डब्लु एफ मिडिया कन्जरभेसन अवार्ड २०१२, सिटी डेभलपमेन्ट बैंक वातावरण पत्रकारीता पुरस्कार, हिमदुत पत्रकारीता पुरस्कार, पर्यटन पत्रकारीता पुरस्कार, साहारा खेलकुद पत्रकारीता पुरस्कार लगाएतका पुरस्कार प्राप्त गरिसकेका छन ।

मंसिर ३० गते पोखरामा प्रदान गरिने पुरस्कार स्वर्गिय आनन्दराज श्रेष्ठको स्मृतिमा वहाँका परिवारजनबाट स्थापित भएको हो । पन्ध्र हजार एक सय एघार रुपैया पुरस्कार राशी रहेको पुरस्कार स्वर्गिय श्रेष्ठको बार्षिक पुन्य तिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिदै आएको छ । बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कार छनोट समितिका सदस्य सचिव एवं बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।

पुरस्कार छनोट समिति नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा सदस्यहरुमा कान्तिपुर दैनिकका पोखरा स्थित संबाददाता लाल प्रसाद शर्मा, पुरस्कार सञ्चालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button