नमुना स्वरेक सहयोगी समाज स्याङजाको अध्यक्षमा पुनं संचारकर्मी पाण्डेय

  • पोखरा न्यूज
  • २०७३ मंसिर २७
Post Thumbnail

पोखरा –
नमुना स्वरेक सामाजिक कोष कतारको पहलमा स्याङजाको स्वरेकमा स्थापान गरीएको नमुना स्वरेक सहयोगी समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ ।

प्रथम साधारण सभाले रेडियो गण्डकीका स्टेशन म्यानेजर समेत रहनु भएका पत्रकार घनश्याम पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो । स्वरेक गाविस कार्यलयमा भएको साधारणसभाले उपाध्यक्षमा समाजसेवी यमला शर्मा पंगेनी , सचिवमा इन्द्रप्रसाद पराजुली (नवराज )सहसचिव कृष्णप्रसाद पौडेल कोषाध्यक्ष समिक्षा पराजुली रहनु भएको छ । यस्तै समाजको कार्यसमिति सदस्यहरुमा नरेन्द्रप्रसाद पराजुली, सुर्यप्रसाद कोइराला, बुद्धिसागर कोइराला, डण्डपानि पंगेनी, हरिलाल वि.क.,राजकुमार वि.क, नन्द कुमारी थापा र टिकाकुमारी कोइराला लाई चयन गरेको छ ।साधारणसभाको स्याङजाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्थीले उद्घाटन गर्नुभएको थियो । यस समाजको संरक्षकमा नमुना स्वरेक सामाजिक कोष कतारका सस्थापक अध्यक्ष भेषराज पराजुली संरक्षक रहनु भएको छ । नबनिर्बाचित कार्यसमिति लाई निर्बाचन समितिका संयोजक छायाराम खनालले सपथ ग्रहण गराउनु भयो । समाजको सल्लाहकारमा स्वरेक गाविसका निर्बतमान अध्यक्ष छायाराम खनालको संयोजकत्वमा १७ सदस्यीय सल्लाहकार समिति चयन गरीएको छ । सल्लाकारहरुमा छायाराम खनाल, टिकाराम पराजुली, कमल पङगेनी, नारायण अर्याल, इश्वर सेन, श्याम अर्याल, जगन्नाथ अर्याल, सानुबाबु सुनुवार, हुमबहादुर पराजुली, रुद्रबहादुर मल्ल, कुलबहादुर खाँण, शोभाकान्त पाण्डे, निलबहादुर कुवँर, भिमबहादुर नेपाली र पदमकुमारी मल्ल रहनुभएको छ । यसै विच व्यवस्थापन उपसमिति संयोजकमा जोजिन्द्र ब. थापाको संयोजकत्वमा १३सदस्यीय उपसमिति गठन भएको छ ।

नब निर्बाचित अध्यक्ष पाण्डेयले स्याङजाको स्वरेकमा एम्बुलेन्स सञ्चालन गर्नको लागि शुरु गरीएको अभियान जुनसुक्कै हालतमा सफल बनाएर छाड्ने बताउदै आर्थिक अबस्था कमजोर भएका लाई एम्बुलेन्स सेवा निशुल्क गराउने आफुहरुको सोच रहेको पनि बताउनु भयो । एम्बुलेन्स खरिद मात्रै नभएर दिगो रुपमा सञ्चलन गर्नलागि हाम्रो एम्बुलेन्समा मेरो सहयोग भन्ने नारा अगाडि सारेको बताउनु भएको छ । यसै विच स्वरेक गाविसमा रहेका ११ सय ५२ घर सवै लाई नमुना स्वरेक सहयोगी समाजको आजिवन सदस्य बनाउने पनि सवै सहमत भएका छन । सल्लाकार संयोजक छायाराम खनालको प्रस्ताव लाई सवैले स्विकार गरेका छन् ।समाजको आजिवन सदस्यको लागि नगद एक हजार रुपैया मात्रै विधानले तोकेको पाण्डेयले बताउनु भयो । अर्थसंकलन अभियानमा हाल सम्म १६ लाख रकम घोषणा भएको छ भने ६ लाख रकम जम्मा भएको सचिव इन्द्र प्रसाद पराजुली (नबराज)ले बताउनु भयो ।

नब निर्बाचित कार्यसमिति लाई एन आर एन कतारका कोषाध्यक्ष समेत रहनुभएका समाजका संरक्षक भेषराज पराजुलीले शुभकामना ब्यक्तगर्नुभयो । स्वरेकमा रहेका बैदेशीक रोजगारीमा विदेशमा रहेकाहरु सवैको स्मरण गर्दे आफ्नो गाँउ बनाउने कार्यक्रमा आफुहरु सधै साथमा रहेको बताउनु भयो ।एम्बुलेन्स अभियानमा कतारमा रहेको समिति र विभिन्न देशमा रहेका संयोजकहरुको स्मरण गर्दे उहाले एक महिना भित्र स्वरेक गाविस भित्र रहेका १४ वटा विद्लयमा खेलकुदको सामाग्री नमुना स्वरेक सामाजिक कोष कतारको सहयोगमा नमुना स्वरेक सहयोगी समाजले वितरण गर्ने बताउनु भयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस