औद्योगिक व्यापार मेला भित्र अवैध कारोवार गरेका पर्यटकलाई कारवाही

गणेश बराल ,

पोखरा-

पोखरामा जारी औद्योगिक व्यापार मेला भित्र अवैध कारोवार गरेका पर्यटकलाई कारवाही गरिने भएको छ ।  महोत्सब स्थलमा टिकट चिठ्ठा बेच्ने पर्यटकलाई कारबाही गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले वताए ।

मेलाभित्र पर्यटकले चिठ्ठा बेचेको जानकारी आफुले केहि समय अगाडी मात्र थाहा पाएको बताउदै मैनालीले जो सुकैले पनि यो अथवा त्यो वहानामा प्रलोभन देखाई टिकट चिठ्ठा बेच्न नपाइने वताए । सोमवार पोखरान्युज डटकमसंग कुरा गर्दै मैनालीले भने “यस्तो कार्य गैह्रकानुनि हो, सम्बन्धित पक्षलाइ कारवाही हुन्छ।” कस्तो कारवाही हुन्छ भन्ने प्रश्नमा उनले नियम हेरेर कारवाही अगाडी बढाइने वताए ।

आइतवार महोत्सबको आयोजक पोखरा उद्योग वार्णिज्य संघले पर्यटन प्रवर्द्धन गर्ने भन्दै मेलामा बिदेशी पर्यटकहरुलाइ निम्त्याएको थियो । मेलामा पुगेका केहि बिदेशी पर्यटकले महोत्सब स्थल भित्रको चौरमा डेस्क स्थापना गरी फन्डरेजिंग इभेन्टको नाममा प्याराग्लाइडिङ, जिप फ्लाएर, होटल आवास, रेष्टुरेन्ट गिफ्ट लगायतका उपहारहरु प्रदान गरिने भन्दै चिठ्ठा विक्री गरेका थिए । पिस क्रप नेपाल भोलुन्टियर नामवाट पर्यटकले मेला स्थलमा रु २०० र ४०० दररेटको टिकट चिठ्ठा बेचेका थिए । औद्योगिक ब्यापार मेला स्थल भित्र बिदेशी पर्यटकले अबैध रुपमा चिठ्ठा किन बेचे भन्ने बिषयमा आयोजक सस्थाका अध्यक्ष बिश्वशंकर पालिखेलाइ आइतवार नै पोखरान्युज डटकमले सोध्दा आफूलाई त्यस विषयमा जानकारी नभएको बताए ।

सोमवारसम्म पनि आयोजक सस्थाका पदाधिकारीले यस बिषयमा अनभिज्ञता प्रकट गर्दै सामान्य ढङ्गले प्रस्तुत भएका छन् । उनीहरुले कसरी चिठ्ठा विक्री गरे, चिठ्ठा विक्री गर्नका लागी डेस्क, कुर्ची लगाएतका सामग्रीको प्रबन्ध कसले मिलाएको थियो, उनीहरुले ठाउको लागी पैसा तिरेका थिएकि थिएनन् यो विषयमा आयोजकनै खबर विहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button