पोखराको व्यापार मेलामा यूएईका राजदुत सइद

पोखरा- 

पोखरामा जारी राष्ट्रिय औधोगिक व्यापार मेलामा नेपाल स्थित संयुक्त अरव इमिरेट्स (यूएइ) का राजदुत सइद अन्लाक्वीले अवलोकन गरेकाछन । मंसिर २३ गते सुरु भएको मेलाको पाँचौ दिनमा सोमबार पोखरा आएका यूएईका राजदुत सईदले मेलामा स्टलहरुको समेत अवलोकन गरे । मेला अवलोकन गर्दै उनले पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंखर पालिखेसंग कुरा गर्दै भने “नेपाल र यूएइको व्यवसायीक प्रवद्र्धन गर्न हामी तयार छौं ।

” दुबै देशको व्यावसायीक प्रवद्र्धन गर्नको लागि आफुहरु सकरात्मक भएको बताउदै उनले एक देशमा भित्रिएको प्रविधि तथा उत्पादनलाई अर्को देशमा पुराउने सके आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।पोखराको सुन्दरताले आफु निकै हर्सित भएको बताउदै उनले पोखरामा पर्यटनको प्रवल सम्भावना भएको दाबी गरे । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंखर पालिखेले पोखरा र पोखरामा जारी औधोगिक व्यापार मेलाको बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button