पोखरा-
कास्की जिल्ला ह्यान्डबल संघको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट क्याप्टेन जगबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । तीन वर्षीय कार्यकालको लागि समितिको वरिष्ठ उपाध्यक्षमा चित्रबहादुर थापा, उपाध्यक्षमा पुष्पा श्रेष्ठ, विशालजंग कुवंर, सचिवमा टेकबहादुर गुरुङ, सह–सचिवमा दिननाथ बराल, कोषाध्यक्षमा क्या.इन्द्रबहादुर गुरुङ, सह–कोषाध्यक्षमा भूमिराज अधिकारी र्निविरोध निर्वाचित भएका हुन । त्यसै सदस्यहरुमा ध्वजकुमार गुरुङ, गोपाल थापा, रवीन्द्रविक्रम चन्द, विशाल बस्नेत र एलिसा लामिछाने रहेका छन । निर्वाचन कमिटिको संयोजकमा संघका केन्द्रिय सचिव तथा खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक रहेका थिए ।
निर्वाचित नयाँ कार्यसमितिलाई नेपाल नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ, निवर्तमान अध्यक्ष शेर बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रशिक्षक प्रमुख बिद्या मर्सानी, कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले अविर र खादा लगायर वधाई ज्ञापन गरेका थिए । यसअघि, उक्त कार्यक्रमको उद्घाटन गर्दै प्राध्यापक डा.गणेशमान गुरुङले ह्यान्डबल खेलको नेपालमा राम्रो सम्भावना भएकोले यसको विकासको लागि तल्लो स्तरबाट खेल गतिविधी हुनु पर्ने बताए । संघका अध्यक्ष एवं नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङले साग खेल नेपालमा हुने भए पछि ह्यान्डबलको संस्कार सिक्न खेलाडी र दर्शक दुबैमा आवश्यक भएको बताए ।
खेल खेल्दैमा बिद्यार्थीहरुको पढाईमा असर पर्छ भन्नु नकरात्मक शन्देस प्रवाह भएको बताउदै खेलाडीले धेरै क्षेत्रमा अनुशासन पालन गरी अघि बढ्दा धेरै क्षेत्रमा उनीहरु सक्षम हुने गुरुङले दाबी गरे । संघका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रशिक्षक प्रमुख बिद्या मर्सानी, कास्की जिल्ला विद्यालय ह्याण्डबल संघका अध्यक्ष श्रीकृष्ण अधिकारी, सचिव चित्र थापा लगायतले वोलेका थिए । कास्की क्षेत्रमा ह्यान्डबल प्रतियोगिताहरु आयोजना गर्ने र प्रतियोगिताहरु सम्पन्न गर्न सहयोग गर्नेलाई संघले सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरेको थियो ।





