पोखरा-
पाँचौँ लमजुङ महोत्सवका अवसरमा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन तथा नयाँ पुस्तालाई साहित्यमा आकर्षण गराउन खुला कविता प्रतियोगिता आयोजना गरिएको हो । बुधबार सम्पन्न प्रतियोगितामा पसगाउँकी सञ्जीवनी गुरुङ प्रथम, चण्डिस्थानकी सङ्गीता खत्री द्वितीय र चितवनकी यमुना न्यौपाने तृतीय हुनुभएको थियो । प्रतियोगितामा ३० जनाले सहभागिता जनाएका थिए । प्रतियोगितामा बेसीसहरकी अमृता असिम घिमिरे र पूर्णदेवी न्यौपानेले सान्त्वना स्थान हासिल गर्नुभएको छ । विजेताले नगदसहितको पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथमलाई नगद रु १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वना हुनेलाई नगद दुई हजार पाँचसय रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
राष्ट्रिय गायनका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माइला)को प्रमुख आतिथ्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय गानका रचयिता ब्याकुल माइलाले महोत्सवले जिल्लाको कला, संस्कृति, पर्यटन र उद्योग–व्यापारको विकासका लागि सहयोग पु¥याएको बताउनुभयो । उहाँले जहाँ मानव सभ्यता उच्च हुन्छ, त्यहाँ साहित्यको सम्मान हुने बताउनुभयो । साहित्यको माध्यमबाट जिल्लाको विकासलाई प्रवद्र्धन गर्न खोजेको भन्दै बहुआयामिक उद्देश्यका साथ कार्यक्रम गरेको भन्दै उहाँले कार्यक्रमको प्रशंसासमेत गर्नुभयो । उहाँले यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । जिल्लाको कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्न महोत्सवमा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता राखिएको महोत्सव आयोजकले जनाएका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution