‘बाबा आनन्द सञ्चार’ पुरस्कारबाट बराल सम्मानित

पोखरा-

बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित ‘बाबा आनन्द सञ्चार’ पुरस्कार– २०७३ बाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका कृष्णमणि बराललाई आज सम्मान गरिएको छ । बालबालिका तथा वातावरणका क्षेत्रमा समाचार लेखनमार्फत महत्वपूर्ण योगदान गरेको भन्दै बराललाई १५ हजार एक सय ११ रुपैयाँ तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका सञ्चालक सदस्य गङ्गाधर पराजुलीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले बरालको नाम सिफारिस गरेको थियो ।

फाउन्डेसनको नवौँं साधारणसभाका अवसरमा बराललाई सम्मान गर्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले वातावरणको संरक्षण पछिल्ला समयमा चुनौतीपूर्ण बन्दै गएकाले यसको समाधानमा सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । बाबा फाउन्डेसन नेपालका अध्यक्ष दिलीप श्रेष्ठले बालबालिका तथा वातावरण संरक्षणलगायतका क्षेत्रमा फाउन्डेसन क्रियाशील भएको बताउँदै वातवरणीय संरक्षणमा सबैको चासो हुनु आवश्यक भएको उल्लेख गर्नुभयो ।नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समयमा पत्रकारिताको विधागत विकास भएको बताउँदै विधागत रुपमा उत्कृष्ट भूमिका निर्वाह गर्ने सञ्चारकर्मीको सम्मान सबैका लागि प्रेरणादायी हुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समयमा वातावरण लगायतका क्षेत्रमा समस्या बढ्दै गएको बताउँदै समस्याको न्यूनीकरणका लागि समृद्ध निकायलाई सचेत गराउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गर्नु भयो । पुरस्कार छनोट समितिका संयोजक गङ्गाधर पराजुलीले समाचार सम्प्रेषणका माध्यमबाट वातावरणीय संरक्षणका साथै समाजका अन्य विभिन्न पक्षमा योगदान पु¥याएका कारण बराललाई पुरस्कृत गर्ने निर्णय गरिएको बताउनुभयो । कार्यक्रममा मानवअधिकारवादी नेता टेकनाथ बराल, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, महासङ्घकी केन्द्रीय सदस्य सुष्मा पौडेल, पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल, फाउन्डेसनका उपाध्यक्ष सरिता ताम्राकार, सचिव टङ्क अधिकारीलगायतले आ–आफ्ना धारणा राख्नुभयो । रासस

फोटो-फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button