पोखरा-
आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ । मङ्सिर १४ देखि २५ गतेसम्मको बन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिएका थिए । पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रदेश नम्बर ४ मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा माले, राप्रपा, जनमोर्चा नेपाललगायतका दल तथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । नेकमा (एमाले) पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार सरकारले ५ नं प्रदेश विभाजन गर्ने प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहनेछ । आन्दोलनकारीले बिहीबार साँझ पाल्पा जिल्ला सदरमुकाम तानसेनसहितका स्थानमा ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्ने नारा लगाउँदै मसाल जुलुस निकालेका थिए । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution